रसुवा र नुवाकोट विपद्: दाङका तीन जना सम्पर्कमा



रसुवा र नुवाकोटमा कामको सिलसिलामा पुगेका दाङका दुई जना तथा रोल्पा घर भई दाङको तुलसीपुरमा बस्दै आएका एक जना परिवारको सम्पर्कमा आएका छन्।

जिल्ला प्रशासन कार्यालय, दाङका अनुसार सम्पर्कमा आउनेमा रोल्पा घर भई तुलसीपुर उपमहानगरपालिका ६ निवासी ध्रुवबहादुर बुढामगर, राजपुर गाउँपालिका १, कठबेरवाका गोपाल चौधरी र बुद्धिराम चौधरी रहेका छन्।

उहाँहरू सकुशल रहेको र परिवारसँग सम्पर्कमा आएको जानकारी प्राप्त भएको छ।

प्रशासनका अनुसार रसुवा, नुवाकोट क्षेत्रमा रहेका दाङका अझै १९ जना सम्पर्कविहीन छन्।

प्रकाशित मिति : २०८३ भाद्र ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्