
तुलसीपुर उपमहानगरपालिका दाङले मिडिया उत्थान, सूचना प्रवाह तथा नगरपालिका र सञ्चारमाध्यमबीचको समन्वयका विषयमा पत्रकार सम्मेलन गरी छलफल गरेको छ।
कार्यबाहक नगर प्रमुख तथा प्रवक्ता माधव वलीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी पत्रकारहरूले लोककल्याणकारी विज्ञापन तथा कार्यक्रम वितरणका लागि कार्यविधि बने पनि पूर्ण रूपमा कार्यान्वयन नभएको र सबै सञ्चारमाध्यम समेटिन नसकेको बताएका छन्।
पत्रकारहरूले समाचार लेखनसँगै सेवाग्राहीलाई मुस्कानसहितको सेवा प्रदान गर्नुपर्ने धारणा राखेका थिए। घोराही र तुलसीपुर एउटै जिल्लाका स्थानीय तह भए पनि तुलसीपुर मिडियामैत्री हुन नसकेको र सूचना तथा विज्ञापन बाहिर जाने गरेको गुनासो गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र शिवाकोटीले आगामि दिनमा स्थानीय तह र सञ्चारमाध्यमबीच समन्वयात्मक रूपमा अघि बढ्ने बताउनुभयो।
कार्यक्रमको सहजीकरण सूचना अधिकारी यज्ञ केसीले गर्नुभएको थियो।
प्रकाशित मिति : २०८३ असोज ८ गते बिहिवार

