पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु, १४ घाइते




कास्कीको पोखरा महानगरपालिका २८, माझठानामा स्कुल बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

शुक्रबार बिहान ट्युसन पढ्ने विद्यार्थी बोकेर आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस माझठानास्थित ओख्लेको भीरबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको हो।

ग २ ख १४१७ नम्बरको बस दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०८३ असोज २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्