
दिपक वली
घोराहि उपमहानगरपालिकालाई सफा र हरित नगर बनाउन विकास नगर टोल विकास संस्थाको महत्वपुर्ण भुमिका रहेको उपमहानगर का नगर प्रमुख नरुलाल चौधरिले बताउनु भयको छ । घोराहि उपमहानगरपालिका वडा नं १५ मा रहेको विकास नगर टोलले दैनिक रुपमा गर्दै आईरहेको फोहोर व्यबस्थापनमा सहयोग गरेको भन्दै फोहोर वर्गिकरण टोल घोषणा कार्यक्रममा बोल्दै प्रमुख चौधरिले यस्तो बताउनुभयको हो ।
उँहाले टोलले गल्ने र नगल्ने फोहोर वर्गिकरण गरेर ब्यबस्थापन गर्दा गल्ने फोहोरलाई नगरले ग्याँस प्लान्टमा प्रयोग गर्ने र करेसाबारिमा प्रयोग गर्दा कम्पोस्ट मल बन्ने भन्दै नियमित यसरिनै फोहोर ब्यबस्थापन गर्न सम्पुर्ण टोलबासिलाई समेत आग्रह गर्नुभयको थियो । साथै उँहाले विकासनगरमा नेपालका वीर सहिदहरुको नामबाट बाटोको नामाकरण गरिएको भन्दै यसले टोल चिनाउन निकै मद्दत गरेको समेत चर्चा गर्नुभयको थियो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख चौधरिले विकास नगर टोल विकास संस्थाका पदाधिकारिलाई सम्बोधन गर्दै नगरको स्थापना दिवसमा टोललाई सम्मान गरिने प्रतिबद्दता ब्यक्त गर्नुभयको थियो ।

विकासनगर टोलमा मुख्य बाटोमा बृक्षारोपन गरि ,टोललाई गुट्खामुक्त टोल घोषणा गरि बिक्रि वितरण तथा प्रयोगमा पुर्ण रुपमा निषेध लगायतका नमुना कामहरु टोलमा भयका छन । यसैगरी कार्यक्रमका बिशिष्ट अतिथि समेत रहेकि घोराही उपमहानगरपालीका उप प्रमुख हुमा डिसिले सिंगो घोराही उपमहानगरपालीकालाई पुर्णरुपमा फोहोर वर्गिकरण गर्ने , फोहोरलाई मोहोरमा बदल्न र फोहोरलाई ग्रेडिङ गर्न पनि यहि विकासनगर टोल विकास संस्थाबाट सिक्ने बताउनुभयो । साथै मानविय विकासका कुरा सामाजिक विकासका कुरा र सरसफाई अभियानका कुराहरु समेट्दै अगाडि बढेको हुनाले यस टोलले काममा सफलता पाएको उँहाले बताउनुभयो ।
कार्यक्रममा घोराही उपमहानगरपालीका वडा नं १५ का वडा सदस्य लेखनाथ बुढाथोकिले पनि टोलको काम कार्यको प्रशंसा गर्दै शुभकामना मन्तब्य राख्नुभएको थियो । टोलका अध्यक्ष बेचन वलीले आफुले गरेको कामको उच्च मुल्याङकंन गर्दै उपमहानगरले विकास नगरटोल लाई पुर्ण रुपमा फोहोर वर्गिकरण टोल घोषणा गरेको भन्दै धन्यबाद ज्ञापन गर्नुभएको थियो । घोराही उपमहानगर सरसफाई ब्यबस्थापन शाखाको आयोजनामा भएको कार्यक्रममा टोल अध्यक्ष बेचन वलीले कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण सरसफाई ब्यबस्थापन शाखाका प्रमुख लक्ष्मण अधिकारीले गर्नुभएको थियो ।

