
दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर बहुप्राविधिक शिक्षालयले देशकै उत्कृष्ट शिक्षालय बनेको छ । राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालयलाई सम्मान गर्नुभएको हो ।
शिक्षालय सञ्चालक समितिका अध्यक्ष टिकाराम खड्का र शिक्षालय प्रमुख वसन्त आचार्यलाई एक लाख रुपैयाँको पुरस्कारसहित सम्मानित गरिएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षाको गुणस्तर, नतिजा, र विभिन्न क्रियाकलापका आधारमा शिक्षालयलाई उत्कृष्ट घोषणा गरिएको जानकारी दिनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको शिक्षालयले डिप्लोमा तहका विभिन्न ६ वटा कार्यक्रम र प्रिडिप्लोमा तहका ३ वटा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
शिक्षालयलाई नेपालकै नमनुाकारुपमा सञ्चालन गर्नका लागि पुरस्कार र सम्मानले थप प्रेरणा दिएको शिक्षालय सञ्चालक समितिका अध्यक्ष एवम् तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले बताउनुभयो ।

