
आज बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइँदैछ ।
यस अवसरमा घरआँगन लिपपोत गरी लक्ष्मी आगमनका लागि बाटो देखाउँदै दीप प्रज्ज्वलन गरिन्छ ।
यसअघि बिहान कुकुर तिहार र नरक चतुर्दशी पनि मनाइएका छन् ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिउँसो २:५२ पछि औँशी तिथि शुरू भएको छ ।
प्रकाशित मिति : २०८२ कार्तिक ३ गते सोमवार

