दाङबाट भ्रमणका लागि गएको बस पोखरामा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
बिहीबार कास्कीको पोखरा महानगरपालिका-२२ विश्व शान्तिस्तूप नजिकै रा १ ख २१०६ नम्बरको बस दुर्घटना भएको हो ।
नवयुग डान्स क्लब दाङबाट भ्रमण गएको यात्रुलाई बोकेको बस पुम्दीकोटबाट पोखरा झर्दै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बसमा २४ जना सवार थिए । दुई जना घाइते भएका हुन् ।
घाइते हुनेमा जिल्ला दाङको तुल्सीपुर उपमहानगरपालिका- ४ बस्ने १७ वर्षीया सन्ध्या रसाईली र १९ वर्षीया मनिषा रसाईली रहेका छन् ।
घाइते दुवै अवस्था समान्य रहेको छ । दुवैको नमस्ते अस्पताल विरौटामा उपचार भइरहेको छ । चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ कार्तिक २२ गते बिहिवार

