
दाङ उपत्यकासहित देशका अधिकांश स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ । शुक्रबारदेखि निरन्तर परेको वर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर देशका धेरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित वर्षा र हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले आज रातिदेखि मौसम क्रमशः सुधार हुँदै जाने सम्भावना रहेको जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण मौसम बदली भई पश्चिम नेपालबाट सुरु भएको वर्षा गएराति पूर्वी नेपालसम्म फैलिएको हो ।
शुक्रबार दिउँसो र बेलुकी पश्चिम र मध्य क्षेत्रमा मध्यम वर्षा भएको थियो भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । दाङ, बुटवल र चितवनलगायतका स्थानमा भने ठूलो हुरीबताससमेत चलेको थियो, जसले जनजीवन थप प्रभावित बनाएको छ ।
प्रकाशित मिति : २०८२ चैत्र ७ गते शनिवार

