कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै यात्रुवाहक बस दुर्घटना मृत्यु भएको सबैको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मृत्यु भएका १० जनाकै सनाखत भएको जनाएको छ।
दुर्घटनामा मृत्यु हुनेहरूमा रौतहट औराही–३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, सल्यान सैनिक हल ३ बस्ने कालिजंग गण गोरुसिंगे, नेपाल आर्मीमा कार्यरत अर्जुनकुमार योगी र भारत उत्तर प्रदेश मुरदाबादका सकिल मुसलमान छन् ।
त्यस्तै भीमदत्त नगरपालिका–१ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त–४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका–१६ कञ्चनपुर भिमदत्त ४ का सन्जु थापा, कञ्चनपुर पुनर्वास नगरपालिका किसन भट्टको मृत्यु भएको छ ।
कञ्चनपुर भीमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती, भीमदत्त नगरपालिका–२ बस्ने सुदीप भट्ट र पुनर्वास नगरपालिका–९ बिसफाँटा बस्ने विमला देवी भट्ट रहको प्रहरीले जनाएको छ।
महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको सडकबाट दुई सय मिटर तल खसेको थियो ।घटनामा ३० जना घाइतेको भएका छन्।
घाईते हुनेमा रुध्वज गण महेन्द्रनगर कार्यरत ओखलढंगा घर भएका लोक बहादुर कार्की, कन्चनपुर भिमदत्त, ४ का वर्ष ४० का बस चालक पुर्ण वहादुर चन्द, कैलाली वेलडाडी, १ का वर्ष २४ का महेश सुनार, बाँके राप्तिसोनारी, २ का बर्ष २३ का सुशिल कुँवर, गुल्मी मालिका, ७ का वर्ष २९ का अर्जुन कार्की, कन्चनपुर भिमद्त्त, १८ का वर्ष २८ का सन्तोष चौधरी, कन्चनपुर महेन्द्रनगर, १८ का वर्ष ३५ का सहचालक केशव हमाल, बैतडी मेलौली, १ का बर्ष २२ का राजेश दयाल, कन्चनपुर महेन्द्रनगर, १ का बर्ष १८ का नितेश सुनार, गोरखा शहिदलखन, ७ का वर्ष ३० का मनोज बि.क., दार्चुला शैलेस शिखर, ३ का वर्ष २४ का नबिन भट्ट, कन्चनपुर भिमदत्त, १४ का वर्ष ३३ का गिता कुँवर, निजको छोरा बर्ष १२ को नबिन कुँवर, ओखलढंगा झारपुरका वर्ष १९ का बिसन भुजेल, कन्चनपुर शुक्लाफाँटा, ११ का वर्ष ३१ का मोहन सिङ लोहार, काठ्मान्डौ महानगरपालिका, ३ का वर्ष ४१ का अनिल तन्डुकार, कन्चनपुर भिमदत्त १६ का वर्ष ५४ की नारायणी थापा, कन्चनपुर भिमदत्त, १८ का वर्ष २८ का दिपेन्द्र बोहोरा, कैलाली लम्किचुवा, १ का वर्ष २७ का रेखा आचार्य, कन्चनपुर भिमदत्त १८ का वर्ष ४१ का शान्ति सिङ, कैलाली गेरुवा, ४ का बर्ष ३२ का गणेश काफ्ले, कैलाली गेरुवा, ४ का वर्ष २७ कि रेखा आचार्य, कैलाली गेरुवा, ४ का वर्ष ३ कि श्रीष्टि काफ्ले, भारत उत्तर प्रदेश मुद्राबासका बर्ष ३५ का मोहमद रिजन, भारत उत्तर प्रदेश मुद्राबासका वर्ष ५४ का अनिस मनियार, धादिङ सिप्ले, २ का वर्ष २५ का कृष्ण नेपाली, कन्चनपुर भिमदत्त, १९ का बर्ष २० का सुमन बिष्ट, कन्चनपुर भिमदत्त, १ का वर्ष २० का मनोज सिह धामी,कन्चनपुर भिमदत्त, १ का वर्ष २० का अशोक सिह, कन्चनपुर भिमदत्त, ४ का वर्ष ३६ का ज्ञानेन्द्र पाल रहेका छन् ।
कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा घाइतेको नौ जनालाई बुटवल पठाइएको र अरुको स्थानीय अस्पताल उपचार भईरहको जानकारी दिनुभयो ।
प्रहरीका अनुशार महेन्द्रनगरबाट काठमाडौ जाँदै गरेको सुनौलो महाकाली यातायात प्रालि सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस कपिलवस्तुको सुरई सुरही पुल नजिकै भिरबाट २०० मिटर तल खसेको हो ।