आज कात्तिक २७ गते मंगलबारकाे राशिफल



आज २०८१ साल कात्तिक २७ गते मंगलबार । सन् २०२४ नोभेम्बर १२ तारिख। कात्तिक शुक्ल पक्षको एकादशी तिथि। हरिबोधिनी एकादशी व्रत, तुलसी विवाह, भिष्म पञ्चक आरम्भ, बाराहा क्षेत्रमा धार्मिक मेलाको प्रारम्भ।  ज्योतिषाचार्य माधवा शर्मालेले तयार पार्नुभएको आजको राशिफल

मेष राशि – आज काम गर्दा सोच बिचार गरेर अगाडि वढ्नु होला । नजिकैको साथिवाट धोका पाईन सक्छ ।व्यवसायमा सोचे अनुरुप सफलता मिल्ने छैन । मनमा चिन्ता वढ्नेछ । केयरलेस वानिले दुख दिनेछ ।

वृष राशि -सामाजीक तथा धार्मिक कार्यमा मन जाला । रचनात्मक कार्यमा सरिक भैएला । पारिवारिक सद्भाव वढ्नेछ ।स्वास्थ्यमा भने अलिक ख्याल गर्नु पर्ला । अरुको भलो गर्नाले सुख प्राप्त हुनेछ ।

मिथुन राशि -नजिकका आफन्तसंगको भेटघाटमा समय व्यतित होला । प्रतिस्पर्धा विनानै सफलता मिल्नेछ ।दिन प्रेमिल रहनेछ । मनमा हर्ष छाउला ।चिताएका कार्यले पूर्णरुप पाउनेछन् । दिन रमाईलो संग बित्नेछ । सामाजीक कार्यमा रुची वढ्ला ।

कर्कट राशि – रोकिएका कार्यले गति लिनेछन् ।घरमा मंगल कार्यको योजना वन्नेछन् ।धार्मिक कार्यमा रुची वढ्ला । आफन्तको सहयोगले मनमा हर्ष छाउला ।व्यवसायिक सफलता मिल्ला ।प्रशासनिक एवं न्यायिक सफलता मिल्नेछ ।स्वास्थ्यमा भने ख्याल राख्नु होला ।

सिंह राशि -अपजस सहन गर्नुपर्ने दिन रहेको छ । व्यवसायमा अलिक बिचार गरेर लगानि गर्दा उपर्युक्त हुनेछ ।विरोधिहरु सलवलाउनेछन् ।आर्थिक कारोवारमा सोचेअनुरुप सफलता मिल्ने छैन ।स्वास्थ्य एवं खानपानमा विशेष ख्याल राख्नु होला ।

कन्या राशि -आफन्तको प्रगतिमा मन रम्नेछ ।मांगलिक कार्यमा सहभागि हुने दिन रहेको छ ।बाणिको प्रभाव वढ्नेछ ।कलाको क्षेत्रमा मन रमाउला ।आर्थिक सुधार हुनेछ ।चिताएको कार्यले तिव्रता प्राप्त गर्नेछ । सोचेअनुरप सफलता प्राप्त हुनेछ ।

तुला राशि – शैक्षिक कार्यमा प्रगति हुनेछ ।प्रेम सम्वन्ध प्रगाढ होला ।दिन प्रेमिल हुनेछ ।नयाँ कार्यका योजनाहरु बन्नेछन् । आर्थिक पक्षमा सुधार आउला ।सेयर मार्केटमा सफलता मिल्ला ।

बृश्चिक राशि – आज दिन शुभफलदायक रहेको छ । उपहार वा चिठ्ठा प्राप्त होला । विपरीत वर्गको सहयोगले कार्य सम्पादनमा सहयोग पुग्नेछ । व्यवसायमा केहीँ सफलता मिल्नेछ ।

धनु राशि –काम गर्दा अलिक आत्मल वढाएर गर्नुपर्नेछ ।राजनैतिक कार्यमा सोचेअनुरुप सफलता मिल्ने छैन ।आर्थिक एवं व्यवसायिक पक्षमा सोचेअनुरुप सफलता नमिल्ला ।लाभहानि अायव्य वरावर हुने दिन रहेको छ ।

मकर राशि -शुभ कार्यको चर्चा चल्नेछ ।बैदेशिक कार्यमा सफलता मिल्ला । सामाजीक सेवामा मन लाग्नेछ । मान मान सम्मान वढ्ला ।शैक्षिक प्रगति होला ।शुभ समाचारले मनमा हर्ष छाउला ।रमाईलो यात्रा हुनेछ ।

कुम्भ राशि – मान ,प्रतिष्ठा एवं पदवी प्राप्त हुने दिन रहेको छ ।तपाईको क्षमताको कदर होला ।पारिवारीक सद्भाव वढ्नेछ । व्यवसायिक सफलता मिल्नेछ । चिताएका कार्यले तिव्रता प्राप्त गर्नेछन् ।मन प्रसन्न रहला । स्वास्थ्यमा भने ख्याल गर्नुहोला ।

मिन राशि – वाणिको प्रभाव वढ्नेछ । मिष्ठान्न भोजन प्राप्त होला ।अधुरा कार्यहरु पून: सुचारु हुनेछन् ।प्रेमिप्रेमिका विच सुमधुर सम्बन्ध होला । व्यवसायले केहीँ फड्को मार्नेछ ।शैक्षिक क्षेत्रमा पनि आज उत्तम फल प्राप्त होला ।हिम्मत बढ्नाले हरेक कार्यमा सहजता हुनेछ ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

प्रकाशित मिति : २०८१ कार्तिक २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्