
प्रथम दंगीशरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव २०८१ आज देखि सुरु भएको छ ।
आज देखि माघ ८ गतेसम्म दंगीशरण ६ को बागर ठन्डि बजारमा चल्ने ब्यापारीक महोत्सबको दङ्गिशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले महोत्सवको उद्घाटन गर्नु भएको हाे ।
महोत्सवको उद्घघाटन गर्दै अध्यक्ष गिरीले पहिलो पटक दंगीशरणको ठन्डि बजारमा संचालन भएको कृषी पर्यटन तथा ब्यापारीक महोत्सव सफल पार्न सबैलाइ आग्रह गर्नुभयाे। उहाँले गाउँपालिकाका कृषि पर्यटन तथा ऐतिहासिक ठाउँहरुको प्रचारप्रसारले पनि गाउँपालिकाको समग्र बिकाशमा टेवा पुग्ने बताउनुभयो ।
यस्तै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले पहिलो पटक आफ्नो गाउँठाउँमा लाग्न लागेको महोत्सवले समग्र दंगीशरणको कृषि र पर्यटनमा सहयोग पुग्ने बताउनुभयाे ।
दश दिनसम्म चल्ने महोत्सवमा चर्खे पिङ, बाल उधान, डुङ्गा ,स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति स्थानीय तथा अन्य ठाउँमा उत्पादित बस्तुहरु सहितको स्टलहरु रहनेछ्न ।मेलामा प्रबेश सुल्क १०० एक सय रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।
सोमबार भोलि चर्चित गाएक कृष क्षेत्री, आर जे रासकोटि, लगायतका कलाकारको उपस्थिति रहने मुलआयोजक समितिले जनाएकोछ ।
स्थानीय स्तरमा संचालन हुन लागेको प्रथम महोत्सव सफल पार्न सहयाेग गरिदिन महोत्सव मुल अयोजक समितीले सवैमा आग्रह गरेकोछ ।
महोत्सव उद्घाटन महोत्सव मुल आयोजक समितीका सयोजक अजय बुढाथोकिको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा भएको हाे ।

उद्घाटन समारोहम बिभिन्न झाकि र्यालि तथा थारु नृत्य सहित बिधालयका बिद्यार्थीहरुको उत्कृष्ट प्रस्तुति सङ्गै बिभिन्न नृत्याङ्गनाहरुको नृत्यसमेत प्रस्तुत गरीएको थियो ।
मितेरी युवा कलबका कार्यबाहक अध्यक्ष धनराज रोकाको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण संचारकर्मि एच.आर.मगरले गर्नुुभएकाे थियाे ।
दंगीशरण गाउँपालिकाका पर्यटकीय स्थलहरुको प्रचारप्रसारका लागि फ्रेन्ड्स स्केट जोन प्रा.लिले महोत्सवको आयोना गरेको हाे ।

