तीन वर्षभित्र लालपुर्जा वितरण गर्ने आयोगको प्रतिबद्धता



भुमि समस्या आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले अबको तीन वर्षभित्र लालपुर्जा वितरण गर्ने बताउनु भएको छ । सबै किसिमको कानुनी बाटोलाई पकडेर अबको तीन वर्षभित्र भुमि सम्बन्धि सबै समस्या समाधान हुने उहाँले बताउनुभयो ।

सरकारले छिटाे छरिताे तरिकाले काम गर्नका लागि अध्यादेश ल्याएकाे बताउनुभयो । भुमि समस्या समाधान आयाेगसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम उहाँले यस्तो बताउनुभएको हाे ।

अवकाे काम भूमिहीन र अव्यवस्थित बसोबास गरिरहेका परिवारको सूची तयार गर्दै प्रााथमिक्ताका आधारमा लालपुर्जा वितरण गर्ने उहाँले बताउनुभयो ।

आयोगका विज्ञ सदस्य जगत बहादुर बस्नेतले लालपुर्जा पाउने सात वटा चरण रहेकाे भन्दै लगत संकलन, पहिचान र प्रमाणिकरण , अनुमाेदन गरि , जिल्ला समिति मार्फत पास गरि जग्गा नापजाँच गरि लालपुर्जा वाँडफाँड गर्ने बताउनुभयो ।

लालपुर्जा वितरणका लागि पहिचान र प्रमाणिकरणमा समस्या भएकोले लालपुर्जा वितरणमा केही समस्या देखिने बताउनुभयो । कानुनी जटिलता हल गर्न विषेश याेजना बनाइ निष्पक्ष ढंगले भूमिहिन नागरिकलाई लालपुर्जा वितरण गर्ने बताउनुभयो ।

उहाँका अनुशार दाङमा मात्रै करिब ७० हजार भूमिहिन सुकुम्वासी रहेको तथ्यांक छ भने तुलसीपुरमा १७ हजार रहेको तथ्यांक छ ।

आयाेगका केन्द्रीय सदस्य अनिल कृष्ण प्रसाइले खास सुकुम्बासीहरुलाइ जग्गाकाे लालपुर्जा दिने प्रक्रियामा रहेकाे बताउनुभयो । आयाेगले २०६६/०६७ देखि अहिले सम्म बसाेबास गरेकालाई प्रााथमिक्तामा राखेर लालपुर्जा उपलब्ध गराउने बताउनुभयो ।

स्थानिय सरकार जिम्मेवार लिनुपर्ने ,आयाेगले स्थानिय , प्रदेश र संघ संग जाेडिएर अभियानका रुपमा काम गरिरहेको बताउनुभयो । कानुनी कुराहरु आयाेग ले नसके नीति अनुशार समाधान गर्नेगरि दश दिनमा अध्यादेस पास गर्ने गरि अगाडि बढेकाे बताउनुभयो । यस कार्यमा स्थानिय पालिकाकाे महत्त्वपूर्ण भुमिका हुनुपर्ने बताउनुभयाे ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले १३ हजार भूमिहिन नागरिककै भोटले चुनाव जितेर आएका बताउँदै आफ्नो कार्यकालमा भूमिहिनलाई लालपुर्जा वितरण गनुपर्ने भएकाले आयोग यस बिषयमा गम्भीर भएर काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयाे -” १३ हजार सुकुम्बासीलाई भुमिहिनबाट मुक्त गरेर जग्गाको मालिक बनाउँछु भनेकाे थिए । याे मेराे दायित्व हाे । अब नापजाँचकाे कामलाई अगाडि बढाउनेछाैँ । करिव ८ सय पुर्जा वितरण गर्नुपर्नेछ त्याे आयाेगमा गइसकेकाे छ । ”

“नापनक्सा गर्ने आयाेगकाे सहयाेगमा गर्ने गरि वजेट सुनिश्चितता गर्याे तर आयाेग बिगठन भयाे । अब दुई ठुला शक्तिशाली दलकाे सहमतिमा आयाेग बनेकाे छ । अब पनि सुकुम्बासीकाे समस्या समाधान भएन भने कहिल्यै हुदैन । आयाेग ब्युझिएकाे छ । परिणाम दिन दुई बर्षमा काम गर्नुपर्ने छ । “- मेयर खड्काले भन्नुभयाे ।

उपमेयर स्यानी चाैधरीले आयाेग गठन भएसंगै तदारुक्तासाथ काम अगाडि बढाइहाल्नुपर्ने बताउनुभयो । “जनतामा निरासा छ यसलाई चिर्नपर्छ, कुरा मात्र नभइ काम गर्न जरुरी छ । “- उहाले भन्नुभयाे ।

कार्यक्रमकाे शहजिकरण शिव शर्माले गर्नुभएको थियाे ।

 

प्रकाशित मिति : २०८१ माघ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्