संघियताकाे विराेधमा राष्ट्रिय जनमाेर्चा दाङले निकाल्याे माेटरसाइकल र्याली



राष्ट्रिय जनमोर्चा दाङले मंगलबार तुलसीपुर र घोराहीमा र्‍याली तथा कोण सभा गरेको छ । संघियता लागू हुने बेलादेखि नै जनमोर्चाले बिरोध गरिरहेको र  संघियता खर्चिलो भएको प्रमाणित भएको नेकपा मसालका पूर्व प्रवक्ता भरत भण्डारीले बताउनुभएको छ । तुलसीपुरमा भएको कोण सभालाई संबोधन गर्दै उहाँले संघियताको नाममा नागरिकले तिरेको करको दुरुपयोग भएको बताउनुभयो ।

यस्तै राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले आर्थिक सामाजिक हिसावले नेपालमा संघियता असफल हुने बताउनुभयो । उहाँले संघियताको बारेमा बुझाउन जनमोर्चाले करिब २० वर्ष पर्खिनुपरेको भन्दै आज सबैलाई संघियता ठिक नभएको प्रमाणित भएको बताउनुभयो ।

यस्तै राष्ट्रिय जनमोर्चा दाङका जिल्ला सचिवालय सदस्य शुक्रराज भण्डारीले संघियता नेता व्यवस्थापन गर्ने थलोमात्रै भएको बताउनुभयो । घोराहीमा भएको कोण सभालाई सम्बोधन गर्दै उहाँले संघियताकै कारण देशको अर्थतन्त्र धराशयि स्थितिमा पुगेको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा दाङले मंगलबार घोराही र तुलसीपुरमा र्‍याली तथा कोण सभा गरेको हो । जनमोर्चाले घोराहीको ट्राफिक चोक, तुलसीपुर चोक र तुलसीपुरका बसपार्कमा कोण सभा गरेको हो । घोराहीको ट्राफिक चोकमा जिल्ला अध्यक्ष गणेश आचार्यले सम्बोधन गर्नुभएको हो भने कार्यक्रमको सहजीकरण नेपाल जनजाती सम्मेलनका पूर्व केन्द्रिय सदस्य रामबहादुर जिएमले गर्नुभएको हो ।

यस्तै तुलसीपुर चोकमा भएको सभालाई जिल्ला सचिवालय सदस्य शुक्रराज भण्डारीले सम्बोधन गर्नुभएको हो भने कार्यक्रमको सहजीकरण राष्ट्रिय जनमोर्चा घोराहीका अध्यक्ष मणिराम खनालले गर्नुभएको हो । तुलसीपुरमा भएको कार्यक्रममा नेकपा मसालका पूर्व प्रवक्ता भरत भण्डारी, जिल्ला अध्यक्ष गणेश आचार्य र अखिल नेपाल छैठौँ सेवक भट्टराइले गर्नुभएको हो ।

कार्यक्रमको सहजीकरण अखिल नेपाल किसान महासंघ दाङका अध्यक्ष ऋषिराम पौडेलले गर्नुभएको हो । जनमोर्चाले घोराहीदेखि तुलसीपुरसम्म मोटरसाइकल र्‍याली समेत गरेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्