पाैडेल वंश महासघ जिल्ला कार्य समिति दाङको बैठक सम्पन्न



पाैडेल वंश महासघ जिल्ला कार्य समिति दाङको बैठक आज तुलसीपुरमा सम्पन्न भएको छ । महासङ्घका जिल्ला अध्यक्ष कालिका प्रसाद पौडेलको अध्यक्षता तथा पौडेल वंश महासंघका लुम्बिनी प्रदेश सचिव भरतमणि पौडेलको प्रमुख अतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकले प्रत्यक २ महिनामा समितिको बैठक बस्ने, आगामी बैठक बैशाख २० गते राप्ती गाउपालिकामा गर्ने,संगठन बिस्तारकालागी आगामी चैत्र ९ गते राजपुर गाउपालिकामा जाने लगाएतका निर्णय गरेको छ । यसै गरि बैठकले निबर्तमान अध्यक्ष रामकुमार पौडेलको संयोजकत्वमा ९ सदस्यीय सल्लाहाकार समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

जसको सदस्यमा गोबिन्द पौडेल शंकर प्रसाद पैडेल, टिकाराम पौडेल ऋषिराज जंगली पैडेल, शम्भु पौडेल,कृष्णराज पौडेल,रतन केसि पौडेल र चिन्तामणी पौडेल रहनु भएको छ ।

यसैगरी बैठकले गेहराज पौडेलको सम्योजकत्वमा वंशावली सङकलन समिती पनि गठन गरेको छ । जसको सदस्यमा कृष्ण प्रसाद पौडेल,नारायण पौडेल,श्याम कुमार पौडेल,हरिलाल पौडेल र प्रमोद पौडेल रहनु भएको छ ।

पौडेल बन्धुहरुलाइ एकीकृत गर्न र वंशावली निर्माण कार्यमा सहयोग गर्नको लागि सम्पुर्ण पौडेल बन्धुहरुलाई बैठकले अनुरोध गरेको छ । साथै छुटेका सम्पुर्ण पौडेल कुलपुजा समितिहरुपनी पौडेल वंश महासङघमा जोडिन बैठके हार्दिक अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्