प्रेस चौतारी को ग्रासरुट कार्यक्रम अन्तर्गत प्रेस चौतारी दंगीशरणको भेला दङ्गिशरण गाउँपालिका मा सम्पन्न भएको छ । प्रेस चौतारीको केन्द्रिय निर्देशन अनुशार भेलाले ग्रासरुट कार्यक्रम लाई प्रभावकारि बनाउन प्रचार प्रसारलाइ तिव्रता दिने निर्णय गरेको छ । पालीका स्तरीय प्रेस चौतारीलाई अझ सक्रिय तरीकाले लैजानका लागि दाङ जिल्ला भरी प्रेस चौतारीले ग्रासरुट कार्यक्रम संचालन गरेको छ ।
दङ्गिशरण गाउँपालिका प्रेस चौतारि संयोजक दिप्तिशिखा चौधरिको अध्यक्षता एंव नेकपा एमालेका केन्द्रीय सदस्य शोभा ज्ञवालीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि ज्ञवालीले देशभर संचालन भएको ग्रासरुट कार्यक्रमलाइ प्रभावकारि बनाउन प्रेस चौतारिको महत्त्वपूर्ण भुमिका रहने भएकोले पार्टी अझै बलियो भएर लैजान सहकार्य गरिदिन आग्रह गर्नुभयो । सो अवसरमा प्रमुख अतिथि ज्ञवालीले प्रेस चौतारि बिना नेकपा एमाले अधुरो रहेको भन्दै प्रेस चौतारिका साथिहरु पार्टीको हितका लागि कलम चलाइदिन आग्रह गर्नुभयो । ज्ञवालीले भन्नुभयो – यो अभियानमा सबै लाग्नुस हामी सफल हुनेछौं । जनतामुखि कामलाई प्राथमिक्ता दिई जनता समक्ष पुर्याइदिनुस ।
सो अवसरमा प्रदेश कमिटी सदस्य धमकलि चौधरि, जिल्ला सचिवालय सदस्य भागिराम चौधरि, जिल्ला सचिवालय संगित बस्याल, दङ्गिशरण पार्टी अध्यक्ष रेशम वलि, सचिव श्रि प्रशाद चौधरि लगाएतले आ आफनो भनाइ राखेका थिय । कार्यक्रम को शहजिकरण प्रेस चौतारि दङ्गिशरणका सह सचिव खुसिराम चौधरिले गर्नुभएको थियो । साथै भेलाले सात वटै वडामा प्रेस चौतारि रहने गरि दिप्तीशिखा चौधरीको संयोजकत्वमा ७ सदस्यीय कमिटी गठन गरेको छ ।