
ग्रिन फाउन्डेसन नेपाल केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेले कुनै पनि उधमि अब फरक ढङ्गबाट अगाडि बढ्नुपर्ने बताउनुभएकाे छ । रैथाने वस्तुलाई कसरी प्रवर्द्दन गर्ने र कसरी राम्रो बनाउने भन्ने बिषयमा साेच्नुपर्ने बताउनुभयो । ग्रिन फाउन्डेसनकाे आयाेजनामा तुलसीपुर भएको दुई दिने रैथाने कृषि वन उधम बजार प्रवर्द्दन कार्यशाला गाेष्ठिमा उहाँले यस्तो बताउनुभएको हाे ।
उहाँले भन्नुभयो -“कुनै न कुनै तरिकाबाट हामी उत्पादन संग जाेडिएका छाैँ, अब यसलाई बजार प्रवर्द्दन कसरी गर्ने भन्ने बिषयमा याेजना बनाउनुपर्छ । रैथाने चिजकाे बजारिकरणकाे अवस्था कस्तो छ जस्ताको त्यस्तै विश्लेषण गर्नुहाेस् यसकाे बजारिकरणका लागि छलफल गर्नुहाेस् ।”
उहाले उत्पादित वस्तुहरुकाे बजारिकरण र ब्यवस्थापनका लागि सामुहिक रुपमा पहल गर्नुपर्ने भन्दै निजी क्षेत्रले के गर्ने ? स्थानिय, संघ, प्रदेश सरकारले के गर्ने ? भन्ने बिषयमा छलफल गर्नुपर्ने बताउनुभयो ।
“गरिरहेकाे कामलाई छाेड्ने हाेइन, यसलाई निरन्तरता दिई राम्रो, गुणस्तरीय कसरी बनाउने ? यसलाई विक्रि गर्ने र मुनाफा पाउने तरिकाले ब्यवसायिक रुपमा अगाडि बढाउनुपर्छ ।”- उहाँले भन्नुभयाे ।
साे अवसरमा लाेकराज पन्थि ले कृषि वन उधम र विकास तथा वजारिकरणकाे वर्तमान अवस्थाका बिषयमा जानकारी गराउनुभएकाे थियाे ।

यस्तै उधाैग बाणिज्य संघका अध्यक्ष विनिल केसिले बजारमा उत्पादित वस्तु उत्पादन भएको समयमा विक्रि नहुनु र माग भएकाे समयमा उत्पादन गर्न नसक्नु बजारिकरणकाे मुख्य समस्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो -“अहिले पनि बजारका कुनै पनि हाेटेलमा लाेकल चिज राखेकाे पाइदैन, हामी उत्पादन गर्छाैं तर बजार खाेज्दैनाै ।”
उधाैग बाणिज्य संघले महिला उधमि समूह उत्पादनमा जाेड दिएकाे बताउदै स्थानीय स्तरमा उत्पादित वस्तु विक्रिका लागि स्वदेश तथा विदेशमा विभिन्न निकायसंग समन्वय र सहकार्य गरिरहेको बताउनुभयो । सेवा प्रवाह सहजताका लागि संघले दुई वटा माेडालिटि परिवर्तन गरि महिला उधमि शसक्तिकरणका लागि स्टल फ्रि राख्ने र बैंक तथा बित्तिय संस्थालाइ राख्ने जाे उधमिलाइ बार्गेनिङ गर्न सहज र ज्ञान हाेस् भन्ने उदेश्य रहेको बताउनुभयो ।
साना तथा घरेलु महासंघका अध्यक्ष लालबहादुर केसीले उत्पादित वस्तुकाे बजार ब्यवस्थापन र निराकरणका लागि निरन्तरता कसरी दिने भन्ने बिषयमा अध्ययन गरिरहेकाे बताउनुभयो । उहाँले तुलसीपुरमा उधमि घरकाे स्थापना गर्नुपर्ने जरुरी रहेको समेत बताउनुभयो ।
हरियाली मञ्च नेपालका अध्यक्ष शुरेस रावतले रैथाने वस्तुको प्रवर्द्दन र सम्वर्द्दनका लागि निजि संस्था लागिपरेको भन्दै अहिले ब्यवसायिक रुपमा ४० वटा उधमि समूह रहेकाे जानकारी गराउनुभयाे ।
भट्टे कृषि सहकारीका अध्यक्ष कर्ण वली , हाम्रो राजाकाेट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विष्णु गाैतम लगाएतका उधमिहरुले असफल भएका उधमिहरुका लागि स्थानिय पालिकाले विशेष खालका कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका थिए ।
रैथाने कृषि वन उधम वजार प्रवर्द्धन कार्यशाला गोष्ठीमा उद्यम समुहको हालसम्मको समिक्षा, योजना र आगामी दिनको नयाँ रणनीति तयार गर्ने, रैथाने कृषि वन उत्पादनको बजार प्रवर्द्दनमा नयाँ योजना, उद्यमशीलता विकासमा रैथाने चिजको भूमिका र चुनौतीहरू, रैथाने वस्तुको व्यवसायिक प्रवर्द्दनका लागि एकीकृत प्रयास आवश्यक,स्थानीय उत्पादनको बजारिकरणमा निजी र सरकारी सहकार्य अपरिहार्य लगाएतका बिषयमा छलफल गरिएको थियाे ।
कार्यक्रमकाे शहजिकरण दिपक परियारले गर्नुभएको थियाे ।

