सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता



सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स बीच प्रारम्भिक मर्जर सम्बन्धी सम्झौता भएको छ । होटल यक एण्ड यतिमा दुई कम्पनी बीच मर्जरमा जाने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

मर्जर सम्बन्धी सम्झौता पत्रमा सूर्या लाइफ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफको तर्फबाट पनि अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका हुन् ।

हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ  र ज्योति लाइफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ । एक बराबर एककाे अनुपातमा मर्जर भए मर्जर पश्चत बन्ने कम्पनीकाे चुक्ता पूँजी ४ अर्ब ६२ कराेड रूपैयाँ पुग्नेछ ।

यद्पी दुबै कम्पनीकाे डिडिए पश्चात मात्रै स्वाप रेसियाे कायम हुनेछ ।

बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरूले न्युनतम चुक्ता पूँजी ५ अर्ब रूपैयाँ पुर्याउनु पर्नेछ ।

प्रकाशित मिति : २०७९ असार १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्