दाङमा सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्यो



दाङमा पछिल्लो समय सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको छ । बितेको ४ वर्षको अबधिमा ४ हजार ७ सय ४० वटा मुद्दा दर्ता भएको छ भने ३ हजार २ सय ७५ वटा मुद्दा फर्छ्यौट भएको छ । अब १ हजार ४ सय ६५ मुद्दा फछर््यौट हुन बाँकी रहेको छ ।

दाङ जिल्ला अदालतका अनुशार आर्थिक वर्ष २०७४र७५ मा ६ सय ४० सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता भएकोमा ४ सय ९५ जोडीको मुद्दा फर्छ्यौट भएको छ । आर्थिक वर्ष २०७५र७६ मा ९ सय १५ सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दर्ता गराएकामा ६ सय ४० जोडीको मुद्दा फर्छ्यौट भएको हो ।

आर्थिक वर्ष २०७६र७७ मा ७ सय ८४ सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दर्ता गराएकोमा ४ सय ४९ जोडीको मुद्दा फर्छ्यौट भएको र आर्थिक वर्ष २०७७र७८ मा सम्बन्ध विच्छेदका लागि अदालतमा १ हजार ५४ मुद्दा दर्ता गराएकोमा ७ सय १३ जोडीको मुद्दा फर्छ्यौट भएको अदालतले जनाएको छ ।

त्यसैगरी, आव २०७८र७९ को असार १७ सम्म सम्बन्ध विच्छेदका एक हजार ३ सय ४७ मुद्दा दर्ता भएकोमा ९ सय ७८ को फैसला भैसकेको र ३ सय ७९ प्रक्रियामा रहेको सूचना अधिकारी राजेन्द्रकुमार शर्माले जानकारी दिनुभयो ।

सूचना अधिकारी शर्माका अनुशार अदालतमा सम्बन्ध विच्छेद गर्न आउनेमा महिलाको सङ्ख्या धेरै रहेको र २३ देखि २६ वर्ष उमेरसम्मका श्रीमान् श्रीमतीमा यो अवस्था आउने गरेको छ ।

दाङ जिल्ला अदालतका मुख्य न्यायाधीश रितेन्द्र थापाका अनुसार गाउँ छाडेर सहरी वातावरणमा रमाउने, अर्काको देखासिकी गर्ने, राम्रो लगाउने, मीठो खाने र आम्दानी भन्दा खर्च धेरै गर्ने भएका कारण परिवारभित्र कलह सुरु हुने भएकाले सम्बन्धविच्छेद गर्नेहरुको संङख्या बढेको छ ।

प्रकाशित मिति : २०७९ असार २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्