एकराज भण्डारी
दंगीशरण गाउँपालिकाले जग्गाअनुसार भूमि कर निर्धारण गरेको छ । भूमि करमा हेरफेर गर्दै जमिनको वर्गीकरणअनुसार पालिकाले कर तोकेको हो ।
मूल्यांकनको आधारमा गाउँपालिकाको जमिनलाई छ तहमा वर्गीकरण गरी तहअनुसारको कर निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ । करको नयाँ दर कायम गर्दा पालिकाभित्रका जग्गालाई सुविधाअनुसार गरिएको मूल्यांकनका हिसाबले विभिन्न वर्गमा विभाजन गरेको छ । गाउँपालिकाले सुर्खेतरोडसँग सटेका जग्गालाई ‘क’ वर्गमा राखेको छ । यस्तै
‘ख’ वर्गमा कालोपत्रे सडकसँग जोडिएका जग्गा, ‘ग’ वर्गमा नालासहितको ग्राभेल गरिएका सडकसँग जोडिएका जग्गा, ‘घ’ कच्ची सडकसँग जोडिएका जग्गा, ‘ङ’ वर्गमा दंगीशरण गाउँपालिकाको वडा नं। ६ र ७ का जंगलसँग जोडिएका जग्गा र ‘च’ वर्गमा दंगीशरण गाउँपालिकाको विकट क्षेत्र मानिने १ नं। वडाको फूर्केसल्लीका जग्गा पारिएको छ ।
यही वर्गीकरणको आधारमा गाउँपालिकाले भूमि करको दर तोकेको छ । यसअघि पाँच कठ्ठासम्म वार्षिक १० प्रति कट्ठा सोलोडोलो तिर्नुपथ्यो । आ।व। २०७९÷०८० मा जग्गाधनीले पाँच कट्ठासम्मको प्रतिकट्ठा ‘क’ वर्गको जग्गाको रु। २०, ‘ख’ वर्गको रु। १५, ‘ग’ वर्गको रु। १२, ‘घ’ वर्गको रु। १०, ‘ङ’ वर्गको रु। ८ र ‘च’ वर्गको रु। ५ तिर्नुपर्नेछ । त्यस्तै अघिल्लो आ।व। मा पाँच कट्ठादेखि १० कट्ठासम्मको रु। १० प्रतिकट्ठा थियो । अहिले क्रमशः रु। २५, २०, १५, १२, १० र ७ निर्धारण भएको छ ।
पालिकाले यसअघि १० कट्ठाभन्दा माथि एक बिगाहसम्मका लागि दर रु। १५ कायम गरेको थियो । हाल यो संशोधन भएर १० देखि १५ कट्ठासम्मको नयाँ सीमा निर्धारण गरेको छ । जसअन्तर्गत जग्गाधनीले क्रमशः रु। ३०, २५, २०, १५, १२, १० कायम गरिएको छ । त्यस्तै १५ कट्ठादेखि एक बिगाहसम्मको क्रमशः रु। ३५, ३०, २५, २०, १५ र १२ पालिकाको नीतिमा उल्लेख छ । त्यस्तै अघिल्लो आ।व। को नीतिअनुसार एक बिगाहभन्दा माथि दुई बिगाहसम्मको रु। २५, दुई बिगाहभन्दा माथि तीन विगाहसम्म रु। ३५ र तीन बिहागभन्दा माथि जतिसुकै भए पनि रु। ४५ प्रतिकट्ठा कर तिर्नुपर्ने थियो । नयाँ नीतिअनुसार यो दरमा पनि हेरफेर भएको छ । जसअनुसार एक विगाहभन्दा माथि दुई बिगाहसम्म क्रमशः रु। ४०, ३५, ३०, २५, २० र १५ निर्धारण गरिएको छ । दुई विगाहभन्दा माथि तीन विगाहसम्म क्रमशः रु। ४५, ४०, ३५, ३०, २५ र २० कायम गरिएको छ भने तीन विगाहभन्दा माथि प्रतिकट््ठा क्रमशः रु। ५०, ४५, ४०, ३५, ३० र २५ कर निर्धारण भएको छ ।
यो निर्णयले पालिकाबासीहरुमा न्यायको अनुभूति गराएको छ । सुर्खेतरोडमा पर्ने जग्गा र पालिकाकै दुर्गम ठाउँ फुर्केसल्लीको जग्गाको कर बराबर तिर्नुपर्ने नीति प्रभावकारी नभएको दंगीशरण–५ का सीताराम चौधरीको बुझाइ छ । ‘पालिकाभित्रका सबै जग्गामा समानरुपले सेवा सुविधा पुगेको छ र रु सेवा सुविधा समान नहुने अनि कर चाहिं समान हुने हुन्छ रु एम्बुलेन्ससम्म पुग्न नसक्ने ठाउँका जग्गा र हाइ–वे का जग्गाको कर बराबर हुनु कसरी न्यायसंगत हुनसक्छ रु’– उहाँ भन्नुहुन्छ– ‘अघिल्लो स्थानीय सरकारले गरेको निर्णयअनुसार करको दर जनमैत्री थिएन । जो संशोधन हुनैपर्ने थियो, भयो । हालको निर्णय स्वागतयोग्य छ ।’
सोलोडोलोमा कर लगाउँदा पालिकाबासीहरुमा न्याय नहुने देखेर करको दर हेरफेर गरेका हौं । हालको कर वैज्ञानिकढंगले निर्धारण गरिएको दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी बताउनुहुन्छ । ‘पालिकावासीहरुको गुनासो सम्बोधन गर्न यो नीति ल्याएका हौं । कुन ठाउँमा कति सेवा पु¥याएका छौं, त्यसका आधारमा कर लिने हो नि । त्यसो गर्न सके पो पालिकावासीहरुलाई पनि स्थानीय सरकारप्रति अपनत्व महसुस होला’– उहाँले भन्नुभयो– ‘हालको दर पालिकावासीहरुको राय, विज्ञहरुको सल्लाह, त्यहाँसम्म पुगेको सेवा प्रवाह र त्यहाँका जग्गाको मूल्यका आधारमा निर्धारण गरेका छौं । यसमा कुनै गुनासो आएको छैन । सेवाप्रवाह बढ्दै जाँदा, स्वतः करको दर पनि हेरफेर हु‘ँदै जान्छ ।’
त्यस्तै गाउँपालिकाले प्रवाह गर्ने पाँचवटा सेवालाई निःशुल्क गर्दै आएको थियो । अहिले त्यसलाई बढाएर पालिकाले छवटा पु¥याएको छ । नागरिकताको सिफारिसवापत लाग्ने सेवा शुल्क हाल हटाइएको छ । यसअघि दिइँदै आएको विपन्नता सिफारिस तथा प्रमाणित, असहाय सिफारिस तथा प्रमाणित, अपांगता सिफारिस, आर्थिक अवस्था कमजोर प्रमाणित र विकाससँग सम्बन्धित उपभोक्ता समूहको योजनाका विभिन्न सिफारिस निःशुल्क नै रहेको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।