

समृद्ध समाजले एक छात्रालाइ छात्रबृत्ती कोष हस्तान्तरण गरेको छ । जनचेतना मुल समिती दंगीशरण गाउँपालिका वडा न. २ को आज बिहिवार सम्पन्न साधारण सभा तथा तीज मिलन कार्यक्रमका अवसरमा उक्त छात्रबृत्ती हस्तान्तरण गरिएको हो । समृद्ध समाज दाङका टिम लिडर पुनाराम पन्थीले नेदरल्याण्डका ईनेक कोरीस ले आफनो लगाएत केहि साथीहरुको खाजा खर्च कटाएर सहयोग स्वरुप पठाउँनुभएको रकम हस्तानतरण गर्नुभएको हो । नेपालबाट योगी कायस्थले नेपालमा पढ्न चाहेका तर निम्न स्तरका बिधार्थीहरु धेरै भएको भनेपछि दंगीशरण २ कि ग्रेट अरनीको सेकेन्डरी स्कुल तुलसीपुर कक्षा १२ मा अध्ययनरत छात्रा दिपा के.सी को बायोडाटा पठाएपछि उक्त रकम नेदरल्याण्डबासीले सहयोग स्वरुप पठाएको जानकारी गराउँनुभयो । आएमुलक काममा लगानी गरि अध्ययनमा सहयोग पुगोस् भन्ने उद्धेश्यले नेदरल्याण्डका ईनेक कोरीस ले २५ हजार रकम संकलन गरि सहयोग गरेको पन्थीले जानकारी दिनुभयो । दिपा के.सी.को घराएसी अवस्था दयनीय भएकाले उक्त रकम सहयोग गरेको उहाँले बताउँनुभयो ।

यस्तै साधारण सभाले वार्षिक तथा आर्थीक प्रतीवेदन प्रश्तुत गरेको छ । सभामा राजेन्द्र घर्तीले प्रश्तुत गरेको प्रतिवेदनमा मुल समतीभित्र रहेका ५ वटा समुहको गरि कुल कोष १० लाख ३५ हजार ४ सय ७० रुपैँया रहेको र लगानीमा १० लाख २६ हजार ८ सय ४० रुपौया त्यस्तै कोषमा बाकिँ रकम ८ हजार ६ सय ३० रुपैँया रहेको जानकारी गराउँनुभयो । समुह तथा मुल समितीले सामुहिक रुपमा कृषि खेती, ब्यवसाय संचालन र सामाजीक कार्य गर्दै आएको छ ।
मुल समितीमा ५ वटा समुह रहेका छन भने महिला ९ जना र पुरुष २ जना गरि ११ जना छन् । यस्तै समुहमा ९६ महिला र १२ जना पुरुष गरि जम्मा १ सय ८ जना छन् भने समुहबाट लाभान्वीत सख्ंया ५ सय २८ महिला र ३ सय ९१ पुरुष गरि ६ सय ९२ जना रहेको प्रतीवेदनमा जनाईएको छ ।

सामुदायीक समुहहरुको मेलमिलाप तथा एकता कायम गर्ने, सामुदायीक समुहमा योजना बनाउँने, सामाजीक विकृती विसंगतीको न्यूनीकरण गर्ने उद्धेश्यले गठन भएको मुल समितीले गाउँ समाजमा विभीन्न सामाजीक कार्यहरु गर्दै आएको छ ।


यस्तै मुल समितीले आज भव्यताका साथ तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । जनचेतना मुल समितीका अध्यक्ष विष्णु गौतमको अध्यक्षता एंव वडा न. २ का वडा सदस्य लुमा चौधरीको प्रमुख आतीथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा समृद्ध समाज दंगीशरण अध्यक्ष दिल कुमारी वि.क, गोल्टाकुरी प्रहरी चौकि प्रमुख सुदिप शर्मा, समाजसेवि यशोदा घिमीरे, समृद्ध समाजकि भिष्मा वि.सी., राजकुमारी चौधरी, शिक्षा समुहकि कृष्णि चौधरी, मिलन समुहकि ठगी पुन, टोल विकास समुहकि एमुना के.सी., उन्नती समुहकि बुद्धि वली, गाउँ सुधार समुहकि आशा चौधरी लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।



पञ्चकन्या मुल समितीको आयोजना समृद्ध समाज दंगीशरणको समन्वय तथा सहकर्मी समाजको सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रममा शिक्षा समुह, मिलन समुह, टोल विकास समुह, उन्नती समुह र गाउँ सुधार समुहका सदस्यहरुको सहभागिता रहेको थियो । निमा चौधरीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको शहजीकरण लक्ष्मी घर्तीले गर्नुभएको थियो ।


