दाङ क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट कोमल वलीले उम्मेदवारी मनोनयन दर्ता गरेकी छन् । आज आईतवार क्षेत्र ३ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वलीले उम्मेदवारी दिएकी हुन् ।
उनीसँगै दाङ प्रदेश तर्फ ‘क’ मा एमालेबाट घनश्याम पाण्डेय र २ ‘ख’बाट हुकुम बस्नेतले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । सो अवसरमा नेकपा एमालेका महासचिव शकर पोख्रेल पनि सहभागी भएका थिए ।
उम्मेद्धारी दर्ता पछि कोण सभा कार्यक्रमा बोल्दै वलीले दाङ को अपुरा रहेका विकास निर्माणका लागि अहोरात्र खटि काम गर्ने र यहाँको हरेक नागरीका गुनासाहरुलाई सम्बोधन गर्ने प्रतिवद्धता ब्यक्त गरिन । आफुले बोलेका हरेक शब्दहरु अक्षरस पालना गरि नागरीकहरुको जिवन स्तरलाई माथी उठाउँने र जनताहरुलाई निरास बनाउँने कार्य नगर्ने विश्वास दिलाएकि छिन् ।
कोण सभामा दाङ प्रदेश तर्फ ‘क’ एमालेबाट का उम्मेद्धार घनश्याम पाण्डेयले अवको योजना बाँकि रहेका बिकासे कामको निरत्तरता र यहाँको जनताको समृद्धिका लागि आफनो तर्फबाट कामहरु अगाडि बढाउँने प्रतिबद्धता जनाएका छन् ।
यस्तै २ ‘ख’ का उम्मेद्धार हुकुम बस्नेतले अवको कार्य भनेको थाती रहेका कार्यलाई निरन्तरता दिने बताए । पश्चिम दाङको विकास स्व. उत्तर वलीले गर्दागर्दै विचैमा छोडेर गएका कैँयो विकास निर्माणका कार्यहरु छन् ती सबै कार्य पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरे ।