रुकुम स्थीत एक जंगलको ओडारबाट वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक २ थान सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । रुकुम पूर्व भूमे गाउँपालिका १ वालुवास्थित सुन्दर सुमा सामुदायिक जंगलको ओडारमा वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक फेला पारी प्रहरीले बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी लुकुमबाट खटिएको प्रहरीले उक्त जंगलमा लुकाई छिपाई राखेको उक्त बन्दुक फेला पारी बरामद गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति : २०८० बैशाख ५ गते मङ्गलवार