जिवनशैली परिवर्तन गर्न युवामैत्री निती आवश्यक ः कोमल वली

तुलसीपुरमा नमुना युवा नगर सभा अभ्यास शुरु



निवर्तमान राष्ट्रिय सभा सदस्य कोमल वलीले सरकारले यूवामैत्री नीती बनाउँन चुकेको बताउँनुभएको छ । युवालाई सहि मार्गमा डो¥याउँनका लागि युवामैत्री निती बनाउँन आवश्यक रहेको बताउँनुभयो । उहाँले यूवालाई रोजगार प्रदान गर्न, जिवनशैली परिवर्तन गर्न युवा केन्द्रित कार्यक्रम संचालन गर्नुपर्ने बताउँनुभयो । नमुना युवा नगर सभा अभ्यास कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतीथी वलीले यस्तो बताउँनुभएको हो । उहाँले युवाको मानविय विकास गर्नका लागि ,युवालाई प्रविधिको विकाशमा जोड्नका लागि आवश्यक अध्ययन केन्द्रको स्थापना गर्नुपर्ने बताउँनुभयो ।

प्रमुख अतीथी वलीले भन्नुभयो –“तुलसीपुरमा उनन्सत्तरी लाख युवा रहेको भन्दै सबैलाई रोजगारसंग जोड्नका लागि, उनीहरुको मानविय विकास गर्न तुलसीपुर उपमहानगरपालीकाले डिजीटल प्रविधिको ज्ञान हासील गर्न, अध्ययन केन्द्रको स्थापना गर्नुपर्छ,युवाहरुलाई रमार्इ रमाई पढ्नका लागि पार्कको ब्यवस्था गर्नुपर्छ,दक्ष जनशक्ति उत्पादन गर्न जिवन र जगतका बारेमा बुझाउँनका लागि जिवन दर्शनका विषयमा कार्यक्रम संचालन गर्नुपर्छ ।” युवाहरु हरेक कार्यमा नेतृत्व गर्न, सेवामुखी हुनुपर्ने भन्दै म यो गर्छु भन्ने सोच लिएर अगाडि बढ्नुपर्ने बताउँनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डांगीले सरकारले युवाहरुलाई परिचालन गर्ने कार्यक्रम संचालन गर्नुपर्ने बताउँनुभयो ।

तुलसीपुर उपमहानगरपालीकाका प्रवक्ता माधव वलीले युवाहरु लागुऔषध दुव्र्यशन तर्फ लाग्दा हरेक समस्याहरु आउँने गरेको बताउँनुभयो । युवाहरु सहि ढंगले परिचालन हुन नसकेक डरलाग्दो स्थिती आउँन सक्ने भन्दै युवाहरु सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताउँनुभयो ।

तुलसीपुर उपमहानगरपालीकाका विधायन समितीका संयोजक भिम बहादुर योगिले समयमै युवा पलायन रोक्न सरकारले पहल गर्नुपर्ने बताउँनुभयो ।

तुलसीपुर ६ का निवर्तमान अध्यक्ष नवराज लम्सालले नमुना युवा सभाले युवाहरुलाई नेतृत्व गर्नका लागि सहयेग गर्ने बताउँनुभयो ।

नगरस्तरीय युवा संजालका उपाध्यक्ष प्रकाश रावतको अध्यक्षतामा कार्यक्रम भएको हो । युवालयका कार्यक्रम संयोजक आरोहि अधिकारीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण नगरस्तरीय युवा संजालका अध्यक्ष गणेश भण्डारीले गर्नुभएको थियो । आईतवार देखि शुरु भएको नमुना युवा नगर सभा तीन दिन सम्म चल्नेछ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्