आज गाईगोरु तथा गोवर्द्धन पूजा मनाइँदै



यमपञ्चक अर्थात् तिहार पर्व अन्तर्गत आज देशभर गाई, गोरु र गोवर्द्धन पूजा गरी मनाइँदैछ।

वैदिक परम्परा अनुसार गाईलाई पवित्र मानी पूजा गरिने र गोरुलाई कृषककाे श्रमसँग जोडेर सम्मान गरिने चलन रहिआएको छ।

गाईलाई गौमाता मानी दूध, गोबर र गहुँतका माध्यमबाट मानव जीवनमा शक्ति र शुद्धता दिने विश्वास रहँदै आएको छ।

आजको दिन गाईलाई मीठा–मीठा परिकार खान दिइन्छ भने आँगनमा गोबरको पर्वत बनाएर गोवर्द्धन पर्वतको प्रतीकस्वरूप पूजा गरिन्छ। यसै दिन गोरु, हलो र किसानको पनि पूजा गरिँदा आजलाई हली तिहार पनि भनिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार तिथिको घटबढका कारण यसवर्ष तिहार पाँच दिनका सट्टा छ दिनसम्म मनाइँदैछ।

कात्तिक १ गते शनिबारदेखि सुरु भएको तिहार भोलि भाइटीका लगाएर सम्पन्न हुनेछ। भाइटीकाको उत्तम साइत भोलि बिहान ११ बजेर ३९ मिनेटमा रहेको समितिले जनाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्