स्थानीय तह उपनिर्वाचनमा अहिले सम्म काङ्ग्रेस अगाडि



आज आइतबार भएको स्थानीय तह उपनिर्वाचनको मतपरिणाम अनुसार काङ्ग्रेस अगाडि देखिएकाे छ । अहिलेसम्म देशका विभिन्न ७ वटा वडाको अन्तिम मत परिणाम आएको छ ।

सबैभन्दा धेरै वडाध्यक्षमा कांग्रेस विजयी भएको छ र माओवादी केन्द्रलाई सबैभन्दा घाटा भएको निर्वाचन आयाेगले जनाएको छ ।
कांग्रेसले ७ मध्ये ५ वटा वडा जितेको छ ।

काङ्ग्रेसले रोल्पाको रुन्टीगढी रोल्पा रुन्टीगढी ४, रुकुम पश्चिम सानीभेरी ५ , जाजरकोट कुशे ७ र डोटीको पूर्वीचौकी ६ मा जित हात पारेको छ । यीमध्ये कांग्रेसले दार्चुलाको दुहुँ र जाजरकोटको कुशेमा यसअघि माओवादी केन्द्रले जितेका वडामा जित हात पारेको हो । उता नेकपा एमालेले हालसम्म एक वडा मात्र जितेको छ । यसअघि कांग्रेसले जितेको ओखलढु‌गाको मेलुङ गापा ५ मा एमाले विजयी भएको छ ।

कालीकोटको तिलागुफा गाउँपालिका ४ मा नेमकिपाले जित हात पारेको छ । यहाँ पनि यसअघि नेकपा माओवादी केन्द्र विजयी भएको थियो ।

यसरी हेर्दा माओवादी केन्द्रले २०७९ को चुनावमा जितेका तीनवटा वडा गुमाएको छ भने कांग्रेसले एक गुमाउँदा अन्य थपेको छ । ओखलढुंगाबाहेकका स्थानमा रास्वपाका उम्मेदवारको अवस्था निकै नाजुक देखिएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्