नेकपा एमाले प्रतिनिधि सभा क्षेत्र न. ३ का उम्मेद्धार कोमल वलीले दाङलाई खेलकुद क्षेत्रको रुपमा विकास गर्नका लागि आफु हरदम लागीपर्ने बताउँनुभएको छ । आफु पनी खेलाडि भएका कारणले खेलाडिहरुको हरेक समस्या नजिक बाट बुझ्ने गरेको बताउँनुभयो । खेलाडिहरु राष्ट्रिय मात्र नभई अन्र्तराष्ट्रिय खेलाडिका रुपमा परिचित हुनुपर्ने भन्दै यो देश को गहना खेलाडिहरुका लागि दाङको हरेक स्थानीय तहमा खेलकुद मैदान संगै खेल सामग्रीको ब्यवस्थापकिय तरीकाले योजना बनाई काम गर्ने बताउँनुभयो । दंगीशरण गाउँपालिका वडा न. ३ मा राष्ट्रिय युवा संघ नेपाल द्धारा संचालीत गा.पा.स्तरीय खुल्ला फुटवल प्रतियोगिता समापन कार्यक्रममा बोल्दै वलीले दाङ जिल्लामा खेलकुद क्षेत्रको विकास फस्टाउँदो तरिकाले नभएकाले यसलाई भव्य,योग्य बनाउँन आफु लागिपर्ने बताउँनुभयो ।
आज सक्सेस तुलसीपुर र दंगीशरण ५ एमआईसी बिच भएको फाईनल खेलमा १–४ गोलले सक्सेुुस विजयी भएको थियो ।
तीन दिन सम्म चलेको खुल्ला फुटवल प्रतियोगितामा दंगीशरण ५ का युवा खेलाडिको टिम द्धितीय भएको थियो भने नव जागरण युवा क्लव तृतीय भएको थियो । राष्ट्रिय युवा संघ दंगीशरणका अध्यक्ष निर्मल बस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।