दाङमा जुवातास खेल्दै गरेका पाँच जना पक्राउ



दाङमा जुवातास खेल्दै गरेका पाँच जना पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका १८ कात्तिके डाँडास्थित कालिका सामुदायिक वनको प्रतिक्षालयमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले दुई महिला सहित पाँच जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा घोराही १० का विर बहादुर बुढा मगर, घोराही–१२ का दल बहादुर बुढा, रोल्पा त्रिवेणी गाउँपालिका २ का तुलसी खड्का, कल्पना घर्ती मगर र भम बहादुर बाठा छन्।

प्रहरीका अनुसार घटनास्थलबाट ५ गड्डी खोलेको, ७ गड्डी नखोलेको तास र नगद ५५ हजार २ सय रुपैयाँ बरामद गरिएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्