थारु पत्रकार संघ दाङले आफ्नो १३ औँ वार्षिकोत्सब आज सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष नवीन चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा आज एक कार्यक्रम गरी वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा नगरप्रमुख चौधरीले थारु कला संस्कृतिको संरक्षणका लागि थारु पत्रकार संघले खेल्दै आएको भूमिका सराहनीय रहेको बताउनुभयो । उहाँले अब आफ्नो बारेमा वकालत गर्नेदेखि सबै समुदायको बारेमा बुझ्न र एक आपसमा अन्तरघुलन गराउने काममा थारु पत्रकार संघले संस्थागत भुमिका बढाउनुपर्ने बताउनुभयो । यसका लागि स्थानीय सरकारले सबै जातजाति, भाषा धर्म, कलासंस्कृतिको संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल सदस्य शरद अधिकारीले थारु पत्रकार संघले थारु समुदायको आवाजलाई सबै समुदायका बीचमा जोड्ने काममा लाग्न अपिल गर्नुभयो ।
सो अवसरमा प्रेस चौतारी केन्द्रीय उपाध्यक्ष सविन प्रियासन, थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरी, रेडियो मध्यपश्चिमका सम्पादक छबि पुरी, प्रेस सेन्टरको दाङ ईन्चार्ज प्रकाश चौधरी, थारु पत्रकार संघको केन्द्रीय पूर्व अध्यक्ष सन्तोष दहित, केन्द्रीय सचिव दिप्तिशिखा चौधरी, केन्द्रीय सदस्य सवि थारु, साहित्यकार लब्लिन क्यानभास, दलित पत्रकार संघको प्रदेश उपाध्यक्ष जनक नेपाली, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा, मानवअधिकारकर्मी विनोद केसीलगायतले थारु पत्रकार संघको योगदानको चर्चा गर्दै आगामी दिनमा चाल्नु पर्ने कदमका बारेमा सुझाव दिनुभएको थियो ।
सो अवसरमा थारु भाषाका माध्यमबाट पत्रकारितामार्फत कलम चलाएवापत वुद्धिविवश चौधरी, आरएम जगित कुसुम्या, शालिकराम चौधरी, कल्पना चौधरी, प्रिया चौधरी, सुरक्षा चौधरीलाई सम्मान
गरिएको थियो । कार्यक्रममा विभिन्न सांस्कृति प्रस्तुति पनि रहेको थियो ।
थारु पत्रकार दाङको कार्यसमिति सदस्य विष्णु कुसुमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण कल्पना चौधरीले गर्नुभएको थियो ।।