रवि लामिछानेका गाडी चालक को उपचारका क्रममा मृत्यु



घरको छतबाट खसेर घाइते हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर शम्भु थापाको उपचारका क्रममा ज्यान गएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत ३९ वर्षीय थापाको आज मङ्गलवार दिउँसो ज्यान गएको अस्पतालले जनाएको छ । छतबाट खस्दा उहाँको टाउकोमा गहिरो चोट लागेको थियो । थापा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का बासिन्दा हुनुहुन्छ ।

गएको वैशाख ४ गते बिहान ४ बजे चितवनको भरतपुर महानगरपालिका–११ मा रहेको लामिछानेको घरको छतबाट खसेर चालक थापा घाइते हुनुभएको थियो । त्यसपछि भरतपुरमा सामान्य उपचार गरेपछि थप उपचारका लागि उहाँलाई ललितपुर ल्याइएको थियो । थापा घरको छतबाट खसेकोबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८० बैशाख १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्