भोलि गणतन्त्र दिवस, सार्वजनिक विदा



भोलि सार्वजनिक विदा « Clickmandu

भोलि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा हुने भएको हो । सरकारले हरेक वर्ष गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिँदै आएको छ । जनआन्दोलन सफल भएपछि गठित संसदको ०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो ।

उक्त दिनको सम्झनामा हरेक जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आएको छ । झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो ।

प्रकाशित मिति : २०८० जेष्ठ १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस्