जिल्ला स्तरीय आप्रवासी कामदारहरुको संजाल गठन



No description available.

विदेशबाट फर्कीकाहरुको जिल्ला स्तरीय आप्रवासी कामदारहरुको हकहित संजाल गठन गरिएको छ । आज शनीवार घोराहिमा सम्पन्न भेलाले आप्रवासी कामदारहरुको हकहित संरक्षणका लागि संजाल गठन गरीएको हो । भेलाले हेमराज बुढाथोकिको अध्यक्षतामा ११ सदस्यीय कार्य समिती गठन गरिएको छ । जसको उपाध्यक्षमा मेनका पाण्डे, सचिव शिवकुमार शर्मा, सह सचिव टेक बहादर सुकर, कोषाध्यक्षमा गगन पुरी रहेका छन् । यस्तै सदस्यहरुमा कृष्ण बहादुर आले, तिलकराम के.सी, युवराज पाण्डे र मिरा डांगी रहेका छन् ।

No description available.

घोराहि उपमहानगरपालीकाका प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा डिसी, प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमीरे लगाएतको उपस्थितीमा संजाल गरिएको थियो । भेलाले मंसीर पहिलो हप्ता सम्म जिल्ला स्तरीय संजाल दर्ता गर्ने निर्णय गर्दै पदाधिकारीहरुलाई जिम्मेवारी वाँडफाँड गरेको छ । सुरक्षीत आप्रवासन सामी कार्यक्रम अन्र्तगत जिल्लाका १० वटै पालीकामा गठन गरिएको छ ।

प्रकाशित मिति : २०७९ असोज २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्