खाेला किनारमा रात बिताउने न्यौपानेको उद्दार



निरला अर्याल

तुलसिपुर बाट सडक आश्रित मानवको उद्दार गरिएको छ । शनिबार राति तुलसीपुर पातु खोला किनारा बाट एक पुरुषको उदार गरिएको हो ।
मानव सेवा आश्रम तुलसीपुरको अगुवाइमा प्रहरी, नागरिक समाज, अधिकारकर्मी, कर्मचारी, पत्रकार लगायतको टोलीले उदार गरेको हो । सल्यान दमाचौर घर बताउने अन्दाजी ५० वर्षका घनश्याम न्यौपाने लाई तुलसीपुरको पातु खोला किनाराबाट उदार गरिएको हो ।

विगत ३ महिनाबाट खोलाको किनारमा बास बस्नु भएका न्यौपानेकाे घरमा आमा, भाई, दुई छोरी र एक छोरा  छन ।  श्रीमती अरूको घरमा काम गर्दै आफ्नो जीविकोपार्जन गर्दै आउनु भएको उहाँ बताउनुहुन्छ । दिनभरि अरूको काम गरेर  पेट पाल्देै आएका न्याेपाने  रात खाेलकाे किनारमा बिताउने गरेकाे बताउँनुभयाे ।  मानसिक  रूपमा असन्तुलन भए पनि नेपाली र अङ्ग्रेजी अक्षर राम्रो संग पढ्न सक्नुहुुन्छ ।

मानव सेवा आश्रमले जुनसुकै समयमा सडक पेटीमा रात बिताउने हरुको उदार गरेपनि शनिबार भने विशेष उदार अभियान सञ्चालन हुने गरेको आश्रमका संयोजक हिरु जोशीले बताउनु भयो । देशका १९ ओटै शाखा हरुबाट शनिबार विशेष उदार अभियान एकै समयमा हुने गरेको समेत उहाले जानकारी दिनु भयो । विविध कारणले खुल्ला आकशमुनि रात बिताउने हरुको लागि उदार गर्न जुनसुकै समयमा जानकारी गराउन जोशीले अपील गर्नु भएको छ ।

अहिले आश्रममा सडक आश्रित काे संख्या २३ जना महिला ३३ पुरुष र ३ नाबालक शिसु गरी ५९ जना रहेका छन् ।

प्रकाशित मिति : २०८० जेष्ठ १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्