भोलिदेखि दंगीशरण ५ मा हात्तीपाइले रोगको नमुना संकलन गरिने



May be an image of 11 people, temple, hospital and text

प्रमोद आचार्य,
दंगीशरण ५ मा राष्ट्रिय हात्तीपाइले रोग निवारण सम्बन्धी वडा स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय किट जन्य रोग अनुसन्धान तथा तालिम केन्द्र मकवानपुर तथा स्वास्थ्य कार्यालय दाङको आयोजनामा हात्तीपाइले रोग निवारण सम्बन्धी वडा स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

सन् २०११ देखी नेपालमा शुरु भएको हात्तीपाइले रोग निवारण सम्बन्धः अभियानको प्रगती के–कति भयो कनि जनाले औषधी सेवन गरे भन्नेबारे जानकारी लिन सर्भे सहितको अभिमुखिकरण गरिएको हो । हात्तीपाइले रोग निवारण अभियानमा औषधी सेवन कम गर्ने वडाहरु मध्यबाट दंगीशरण ५ मा सर्भे गर्न लागिएको हो ।

सन् २०३० सम्म हात्तीपाइले रोगलाई नेपालबाट निवारण गर्ने लक्ष्य अनुरुप दाङ जिल्लामा हात्तीपाइलेको किट सेम्पल गर्नका लागी वडा न ५ का १५० घरधुरीका करीब ३०० जनामा नमुना संकलन गर्न थालिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । छनोट भएका समुदायका ब्यक्तिहरुमा हात्त्तीपाइलेको परीजिवी भएनभएको भन्नेबारे पत्ता लगाउन नमुना संकलन सहितको सर्भे गर्न लागिएको चन्दले बताउनुभयो । २० बर्षमाथि उमेर समुहकाको नमुना संकलन गर्ने महामारी तथा रोग नियन्त्रण महाशाखाका डा . गोकर्ण दाहालले जानकारी दिनुभयो ।

शनिबारदेखी पहिलो चरणमा स्थानिय समुदायका करीब ३०० जनामा रगतको नमुना संकलन गर्ने र त्यसबाट ‘पोजेटिभ’ देखिएका बिरामीको रातको समय १० देखी २ बजेसम्मको समयमा माइक्रोसकोपको माध्यमबाट परजिवी भए नभएको एकिन गरीने डा. दाहालले बताउँनुभयो ।
अभिमुखिकरणमा स्थानिय टोल समितीका अगुवा, स्वास्थ्यकर्मी, विद्यालयका प्रधानाध्यापक, स्पयंसेवीका, सुरक्षाकर्मी, जनप्रतीनिधि लगायतको सहभागीता रहेको थियो ।
वडा न ५ का वडा अध्यक्ष निरज बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख प्रदिप योगीले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८० पुष २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्