उधम, सहकारी मोडेलका विषयमा गहन छलफल



No description available.

सामुदायीक उधम विकासका कार्यक्रम सम्बन्धि निती निर्माण गरेपनी कार्यान्वयनको तहमा फितलो भएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । स्थानीय तहमा उधमका कार्यक्रमलाई परियोजनासंग जोडिएर लैजानु भन्दा पनी कार्यक्रममै सिमीत भएका कारण उपलब्धिमुलक हुन नसकेको कुरामा जोड दिएका थिए । स्थानीय स्तरमा प्राप्त हुने स्रोतहरुको अधिक्तम उपयोग गर्ने तर वजारीकरण र प्रविधिमा पहुँच नभएका कारण उधम विकासको मोडेल परिमार्जन हुन नसकेको उनीहरुको धारणा थियो । ग्रीन फाउण्डेसनको आयोजनामा आज तुलसीपुरमा भएको सामुदायीक उधम विकासको मोडेल सम्बन्धि विभीन्न सरोकारवालासंग भएको छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । उत्पादित बस्तुले बजार नपाउँदा ठूलो समस्या पैदा भएको भन्दै यसतर्फ सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको उनीहरुको भनाई थियो । कार्यक्रममा कृषि वनमा आधारित सहकारीको सम्भावना, बजारिकरण र चुनौतिका विषयमा व्यापक छलफल गरिएको हो ।

No description available.

शान्तीनगर गाउँपालिका वन महासंघका अध्यक्ष भिम खत्रीले स्थानीय पालीकास्तरमा वस्तुहरुको उत्पादन भएपनि ब्यवस्थापन हुन नसकेको भन्दै बजारीकरणमा समस्या भएको बताउँनुभयो । आम्दानीको अर्को माध्यम पशु भएपनि कृषि र वनसंग जोडिएका योजनाहरु मात्र आउँने गरेको बताउँनुभयो । पशुलाई परियोजना संग कसरी जोड्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्ने उहाँले बताउँनुभयो ।

No description available.
फेकोफन लुम्वीनीका महासचिव शोभाकर सापकोटाले समुह समुहले सिफरीस गरेका सहकारीमा आवद्ध हुन नसक्ने भन्दै सहकारीको नीतीगत कुरालाई पनी मान्न जरुरी रहेको बताउँनुभयो । सहकारीलाई ब्यक्तिगत भन्दा पनि सामुहिक तरीकाले संचालन गर्न सुझाव दिनुभयो । सहकारी मार्फत सामाजीक उधम मोडेल संचालन गर्न सकिने कुरामा जोड दिदै उहाँले एक ठाउँमा मात्र केन्द्रित रहेर काम नगर्न सुझाव दिनुभयो । नितीगत समस्याका कारण वनमा आधारीत काष्ठ उधौग बन्द हुने अवस्थामा आईपुगेको भन्दै चिन्ता ब्यक्त गर्नुभयो ।
दंगीशरण गाउँपालिकाका यादव डांगीले सहकारीहरु बढ्दो क्रममा रहेको भनदै यसको छुट्टै नितीगत ब्यवस्था हुनुपर्ने धारणा राख्नुभयो ।

No description available.
यस्तै मानवअधिकारकर्मी शुष्मा गिरीले कृषि, वन, पशु, सहकारीको नितीगत रुपमा कुनै पनि काम नभएको भन्दै निती निर्माणको तहमा काम गर्ने सरोकारवालाहरु गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । कृषि क्षेत्रमा करौडौँ बजेट आएपनि सुकुम्बासी भन्दा पनि हुनेखाने वर्गहरुले पाउँनुपर्ने सुबिधा पाउँने गरेको दावी गर्नुभयो । यस्तै उहाँले वन र पशुलाई जोडेर नमुनायोग्य काम गर्नुपर्ने र नितीगत कुरालाई अक्षरस पालना गर्नुपर्ने बताउँनुभयो ।

No description available.
दंगीशरण गाउँपालिका निवर्तमान अध्यक्ष भागिराम चौधरीले स्थानीय स्तरमा त्यहि वस्तु उत्पादन हुदा वजार नपाउँने तर बाहिर बाट त्यहि वस्तु आयात हुदा वजार पाउँने भएका कारण उधमीहरुलाई समस्या भएको बताउँनुभयो । आफनै ठाउँमा उत्पादन भएका वस्तुलाई उपभोग नगरी बाहिर खोज्न जाने भएका कारण सफल उधमी बन्न समस्या भएको बताउँनुभयो ।

स्थानीय वन महासंघका अध्यक्ष खेमलाल महतराले सहकारी नियमन हुन नसकेको दावी गर्नुभयो । सहकारीमा एक ब्यक्ति मात्र जिम्मेवार हुने समुहलाई नै जिम्मेवार बनाउँन नसकेका कारणले सहकारी खस्कदो अवस्थामा आएको जिकीर गर्नुभयो । सहकारीले बचत र ऋणलाई मात्र प्राथमिक्ता दिएर काम गर्ने गरेको भन्दै अवका दिनमा सहकारीलाई सुचारु गर्न अभिमुखीकरण गर्नुपर्ने आवश्यक रहेको बताउँनुभयो ।

ग्रीन फाउण्डेसनका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेले स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरुको अधिक्तम उपभोग गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । विश्वभरी १२ वटा देशमा उधमी कार्यक्रम संचालन भईरहेको भन्दै ग्रीन फाउण्डेसनको यो वर्ष ५० हजार उधमी बनाउँने उद्धेश्य रहेको जानकारी दिनुभयो । उधमलाई वजार केन्द्रित मोडेलमा लैजानुपर्ने उहाँको धारणा थियो । हरेक तहका, समुदायका नागरीहरुलाई उधमसंग जोड्नका लागि पुनः परिमार्जन गरेर काम र कार्यहरुलाई स्थानीय तहसंगको सहकार्यमा अगाडि बढाउँनुपर्ने बताउँनुभयो । प्राकृतीक स्रोत र साधनलाई कसरी उपभोग गर्न सकिन्छ भन्ने तर्फ सबैको ध्यान केन्द्रित हुन जरुरी रहेको बताउँनुभयो ।

यस्तै तुलसीपुर १२ का निर्वतमान वडा अध्यक्ष श्याम डांगीले प्राकृतिक स्रोत साधनको दृष्टिकोणले प्रचुर सम्भावना रहेको कृषि वनमा आधारित सहकारीको अवधारणाले आर्थिक क्षेत्रमा देखिने गरि परिवर्तन ल्याउनुपर्ने धारणा राख्नुभयो । सहकारी मार्फत कृषि वनमा आधारित विभिन्न उद्यमहरु सञ्चालन गरेर स्वरोजगारका अवसर सृजना गर्नु आजको प्रमुख आवश्यक्ता रहेको बताउँनुभयो ।

No description available.

कृषि अभियानकर्मी रुपबहादुर खत्रीले सहकारीको उद्धेश्य, यसको अवधारणा, नेपालको परम्परागत सहकारीका विषयमा जानकारी गराउँनुभएको थियो ।

No description available.

यस्तै ग्रीन फाउण्डेसनका कोषाध्यक्ष केपि भण्डारीले सहकारी मोडेल, साझेदारी मोडेल, सामाजीक उधम मोडेल, समुदायमा आधारीत मोडेल, वजार निर्देशित उधम मोडेलका विषयमा जानकारी गराउँनुभएको थियो ।

No description available.

यस्तै ग्रीन फाउण्डेसका दिपक परियारले कृषि वन उधम सहकारी, यसको आवश्यक्ता, उद्धेश्यहरु, कार्यहरु र कार्यक्षेत्रका विषयमा जानकारी गराउँनुभएको थियो ।

No description available.

छलफलमा तुलसीपुर, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकाका सहकारी शाखा प्रमुख, केन्द्र, प्रदेश र स्थानीय वन महासंघ, डिभिजन वन, सहकारीका अगुवा र उद्यमीहरुको सहभागिता रहेको थियो । ग्रिन फाउण्डेसनका अध्यक्ष विष्णु केसीको अध्यक्षतमा भएको कार्यक्रमको सहजीकरण सचिव सुरेश रावतले गर्नु भएको थियो ।

 

 

प्रकाशित मिति : २०८० असार १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्