दंगीशरण ६ जनविकाश मुल समितीको तेस्रो साधारण सभा तथा तीज र अट्वारी मिलन कार्यक्रम आज लेटारमा सम्पन्न भएको छ । जनविकाश मुल समितीको आयोजना तथा समृद्ध समाजको सहजीकरणमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले समृद्ध समाले घर देखी टोल, समाज समृद्ध बनाउँन महत्वपुर्ण भूमिका खेलेको बताएका थिए । समृद्ध सस्ंथा मार्फत नै धेरै कुरामा अगाडि बढेको भन्दै यस सस्ंथाले निरन्तर कार्यक्रम ल्याउँनुपर्ने बताएका थिए । सामाजीक देखि आर्थीक पाटोमा आफुलाई अगाडि बढाएको उनीहरुके धारणा थियो ।
सो अवसरमा वडा सदस्य सम्सेर रावत, समृद्ध समाजका राजकुमारी चौधरी शक्ती समुहका ईन्द्रा रोका, पशुपती समुहका पार्वता रेग्मी, शुभ विहानी समुहका पुष्पा चौधरी,मुनाल समुका पार्वती वि.क.,प्रगती समुहका तुलसा भण्डारी, लालीगुरास समुहका कमला वोहोरा, वेवरी फुला समुहका गंगा चौधरी, सरसवती समुहका आशा नेपाली, सगुन समुहका विष्णु चौधरी, साहारा समुहका सम्झना चौधरी लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
सभामा समितीका उपाध्यक्ष उर्मीला परियारले वार्षिक प्रगती प्रतीवेदन प्रश्तुत गर्नुभएको थियो ।
शक्ती समुहका ईला बुढाथोकिको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण ललीता रोकाले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन समुद्ध समाजका भिष्मा वि.सी.ले गर्नुभएको भएको थियो ।
जनविकाश मुल समितीका अध्यक्ष वालकृष्ण खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उपस्थीत समुहले तीज नृत्य प्रश्तुत गरेका थिए । कार्यक्रममा मुल समिती अन्र्तगत १३ वटा समुहका समुह सदस्यहरुको उपस्थिती रहेको थियो ।