नेपाली कथानक चलचित्र ‘भाविको लेखान्त’ दाङ र रोल्पामा छायाँकन हुने भएको छ । टेलि चलचित्रको रुपमा रहेको ‘भाविको लेखान्त’ अब ठुलो पर्दाका लागि छायाँकन हुन लागेको निर्देशक लेखान्त भुषालले जानकारी दिनुभयाे ।
निर्देशक भुषालका अनुशार ठुलो पर्दामा आउन लागेको चलचित्र ‘भाविको लेखान्त’ को दाङ र रोल्पामा छायाँकन गरिन लागिएको हाे । चलचित्र पत्रकार संघ दाङले तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा निर्देशक भुषालले चलचित्रको कथावस्तुसंगै छायांकनमा गाउँकाे कथावस्तु समेटेर चलचित्रमा नयाँपन आउने बताउनुभयो ।
त्यस अवसरमा खलनायक मुकुन्द थापाले दाङकै कलाकार लेखान्त भुषालले चलचित्रमा सबै पात्रको महत्वपूणर् भूमिका हुने भन्दै खलनायककै कारण नायकको भूमिका शसक्त देखिएको बताउनुभयाे ।
कुन्जन घिमिरेको लेखन र लेखान्त भुषालको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘भाविको लेखान्त’ मा सन्दीप चौधरीको सम्पादन रहेको छ ।
चलचित्रमा लेखान्त भुषाल, मुकुन्द थापा, सुन्दर मायालु लगायतका कलाकार रहेका छन् ।
चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको हाे । कार्यक्रमको सहजीकरण संघका सचिव निरला अर्यालले गर्नुभएको हो ।