दंगीशरणमा आगलागीमा परि एक महिला घाइते



आगलागीमा २५ हजारको क्षति - न्यूज टुडे

दाङको दंगीशरणमा खाना पकाउने क्रममा घरमा आगलागी हुदा जलेर एक महिला घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा दंगीशरण गाउँपालिका ६ बागर निवासी ७५ वर्षीया सरस्वती नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार आफ्नै घरमा खाना पकाउने क्रममा एक्कासी आज बिहान घरको छानामा सल्किन जादा आगलागी भएको हो ।

आगलागीबाट घर, लत्ताकपडा, अन्नपात र भाडावर्तनहरु पुर्ण रुपमा जलेर नष्ट हुदा करिब २ लाख ५० हजार बराबरको क्षेती भएको प्रहरीले जनाएको छ । स्थानिय र प्रहरीको सहायतामा करिब १ घण्टा पछी आगो पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । घाइते नेपालीको कम्मरदेखी तलतिरको भाग जलेको र अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८० फाल्गुन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्