भुकम्पबाट बच्न सुरक्षित उपाए  ड्रप कभर एन्ड होल्ड गर्नुपर्छ : डिएसपि डा.बोगटि



दिपक वली

भुकम्पबाट बच्नको लागि सुरक्षित स्थान खोज्नु पर्ने र आपत्कालिन अबस्थामा ड्रप कभर एन्ड होल्ड(घुडाँ टेकि गुडुल्क , ओत लागि समात ) अनुसारको सुरक्षित उपाए अपनाउनु पर्ने बिपद ब्यबस्थापन बिज्ञ शसस्त्र प्रहरी नायव उपरीक डा. पृथ्वी बहादुर बोगटिले बताउनुभयो ।

गुरुकुल एकेडेमी घोराहीका विद्यार्थिहरुलाई आज बैशाख १२ को भुकम्प दिवसको अवशरमा प्रशिक्षण दिदै डा. बोगटिले यस्तो बताउनुभएको हो । उँहाले भुकम्प भनेको केहो ? भुकम्प कसरी र के कारणले जान्छ र यसबाट बच्न के गर्नु पर्छ भन्ने कुराहरुको बारेमा प्रशिक्षण दिनुभएको थियो । पृथ्वीको सतह वा क्रस्ट विभिन्न महादिपहरूले बनेको छ जसलाई भूगर्भ विज्ञानको भाषामा प्लेट पनि भनिन्छ ।

नेपाल भौगोलिक रुपमा भारतीय महादिप र एसियन महादिपको बिचमा अवस्थित छ । यि महादिपहरू तल रहेको म्यान्टलको माथिल्लो सतह तरल भएकाले त्यसमा तैरिरहेका हुन्छन्। तरल म्यान्टलमा ताप र चापको फरकले गर्दा कन्भेक्सन करेन्टहरु पैदा हुन्छन् जसले सतहमा तैरिरहेका महादिपहरुलाई चलायमान बनाउँदछन् भन्ने कुराहरुको जानकारी उँहाले गराउनुभएको थियो । यसलाई सजिलो तरीकाबाट बुझ्नको लागि एउटा उदाहरण दिदै जब एउटा भाँडोमा हामि पानी तातिन्छ तव तलपट्टिको चिसो पानी पहिले तात्छ र हलुका हुन्छ हलुका भएको पानीमाथि आउन खोज्छ र चिसो पानी तल गइ फेरि तात्छ । यसो हुँदा पानी भकभक गरी उम्लिएको देखिन्छ त्यसलाइ नै कन्भेक्सन करेन्ट भनिने कुरा विद्यार्थिहरुलाई सहज तरीकाले बुझाउनुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा शसस्त्र प्रहरी तथा गुरुकुलका विद्यार्थिहरुद्धारा भुकम्पबाट बच्न के गर्नु पर्छ भन्ने कुराको डेमो पनि देखाइएको थियो । गुरुकुल एकेडेमीले हरेक क्षेत्रमा समप सापेक्ष अनुसार गर्ने कार्यक्रमको आयोजना गर्ने गर्दछ । सोहि अबशरमा २०७२ सालमा गएको महाभुकम्पमा मुख्य उद्धारकर्मिको भुमिकामा रहनुभएको तथा बिपद ब्यबस्थापनमा बिज्ञता हासिल गर्नुभएको प्रहरी नायव उपरीक्षक डा. पृथ्वी बहादुर बोगटिलाई निमन्त्रणा गरी प्रशिक्षण कार्यक्रमको आयोजना गरीएको हो ।

गुरुकुल एकेडेमीमा अध्ययण गर्ने विद्यार्थिहरुले बिभिन्न किसिमका ज्ञान सिक्ने अवशर पाउने विद्यालयले बताएको छ । गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा. कृष्णराज डिसिको अध्यक्षता तथा डा. पृथ्वी बहादुर बोगटिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण विद्यालयका आइएसए संयोजक तथा शिक्षक इन्द्र प्रसाद पोख्रेलले गर्नुभएको थियो भने कार्यक्रम विद्यालयका शिक्षक विबेक देबकोटाको ब्यबस्थापनमा भएको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्