२ दिने आत्मरक्षा तालीम सुरुवात , विकासनगर टोलको काम निकै सह्रायिन रहेको वडा अध्यक्ष पान्डेको भनाई




घोराही उपमहानगरपालीका वडा नं १५ मा बालबालिकाहरुका लागि आयोजना गरीएको २ दिन आत्मरक्षा तालीमको सुरुवात भएको छ । घोराही १५ नमुना कपासि टोलमा रहेको सुर्योदय युवा क्लवको आयोजनामा भएको आत्मरक्षा कार्यक्रमको उद्धाटन घोराही उपमहानगरपालीका वडा न. १५ का वडा अध्यक्ष रमेश कुमार पान्डेले गर्नुभएको हो ।

आत्मरक्षा कार्यक्रमको उद्धाटन गर्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पान्डेले भयो । जसरी हिजो निर्धक्कका साथ छोरी मान्छेहरुलाई हिडडुल गर्न सक्ने अबस्था थियो आज त्यस्तो अबस्था नभएको बताउनुभयो । त्यसैले आज बाट सुरु भएको आत्मरक्षा कार्यक्रमले पक्कै पनि बालबालिकालाई फाइदा मिल्ने छ भन्दै यो सिपलाई गलत ठाँउमा गलत प्रयोग नगर्न पनि आग्रह गर्नुभयो । बालबालिकाहरुमा बढ्दो अबस्थामा रहेको लागु औषध प्रयोगबाट बच्न बिभिन्न जनचेतना मुलक कार्यम्रमको आबश्यकता रहेको पनि उँहाले बताउनुभएको थियो ।

साथै यस सुर्योदय युवा क्लवले आयोजना गरेको २ दिने आत्मरक्षा प्रशिक्षण कार्यक्रमले शारिरीक तथा मानसिक फाइदा हुने र आफु अब्बल हुने पनि अध्यक्ष पान्डेले बताउनुभयो । यसका साथै साथै वडा नं १५ भित्र नमुना काम गरेको भन्दै विकास नगर टोल बिकास संस्थालाई धन्यबाद समेत प्रदान गर्नुभएको थियो । करीव ३ महिना अगाडि विकास नगर टोल विकास संस्थाले एक औपचारीक कार्यक्रमको आयोजना गरी टोललाई गुट्खा तथा सुर्ति जन्य पद्धार्थ सेवन तथा विक्रि बितिरणमा रोक लगाई गुट्खा तथा सुर्ति मुक्त टोल घोषणा गरेको थियो । यो नमुना काम अन्य टोलले पनि गर्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा सम्पुर्ण टोल विकास संस्थाको नेतृत्व गर्दै विकासनगर टोल विकास संस्थाका अध्यक्ष बेचन वलीले आफ्ना भनाई राख्नुभएको थियो ।उँहाले सुर्योदय युवा क्लवले गरेको यो आत्मरक्षा कार्यक्रम अहिलेका किसोर किसोरीहरुको लागि निकै उत्तम रहेको र सह्रायिन रहेको बताउनुभयो उक्त कार्यक्रमलाई अभियानका रुपमा अगाडि बढाउनु पर्ने बताउनुभयो । कार्यक्रममा वडा नं १५का वडा सदस्य लेखनाथ बुढाथोकि , माधव श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । वडा अध्यक्ष रमेश कुमार पान्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण क्लवका अध्यक्ष अजय भुषालले गर्नुभएको थियो भने कार्यक्रमको प्रशिक्षकमा सुरेश परीयार रहनुभएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्