तुलसीपुरमा कमलपोखरी योग साधना केन्द्र भुह्याँर थानकाे उद्घाटन



कृष्ण अधिकारी

तुलसीपुर रजौरामा निर्माण भएको कमलपोखरी योग साधना केन्द्र भुह्याँर थान हलको शनिवार उद्घाटन गरिएको छ । पतञ्जलि योग समिति लुम्बिनी प्रदेशका वरिष्ठ सल्लाहकार देवराज आचार्यले भवनको उद्घाटन गर्नुभएको हो ।

साे अवसरमा वलदेव रजाैरेकाे अध्यक्षतामा ९ सदस्यीय कमल पोखरी योग साधना केन्द्र कार्यसमिति गठन गरिएको छ । जसकाे उपाध्यक्षमा माया के सी , सचिवमा बामदेव बिष्ट, काेषाध्यक्षमा भागीराम वली रहनुभएकाे छ । यस्तै सदस्यहरुमा नारायण अधिकारी,पुर्णिमा ज्ञवाली,लोक कुमारी बस्नेत,शान्ता डाङी, गोबिन्द चौधरी रहेका छन् ।

यस्तै समितिकाे सल्लाहकारमा झग्गु प्रशाद पोख्रेल ,दिपक न्योउपाने,मनोज रेग्मी , अम्मर चौधरी,टेक बहादुर के सी.,माया देबि सापकोटा र मान बहादुर चन्दलाई चयन गरिएको छ ।

केन्द्रका अध्यक्ष बलदेव रजौरेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव बामदेव विष्टले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्