नेकपा एमाले दाङले नेपाल कम्युनिष्ट आन्दोलन, पुष्पलाल र मिसन ८४ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ । नेकपाका संस्थापक कमरेड पुष्पलालको ४६ अौ स्मृति दिवसको सन्दर्भमा आयोजना गरिएको गोष्ठीमा वोल्ने वक्ताहरुले देशको राजनिति पु्ष्पलालले देखाएकै बाटोमा अघि बढेकोमा जोड दिएका छन् ।
“त्यति वेला पुष्पलालले संयुक्त जन आन्दोलनको कुरा अघि सार्नुभयो , आज देशमा एमाले कांग्रेसको संयुक्त सरकार छ ।” गोष्ठीका प्रमुख अतिथि एमाले पोलिट्ब्युरो सदस्य शान्ता चौधरीले भन्नुभयो ।
नेकपा एमाले दाङका अध्यक्ष शिबकुमार आचार्यको अध्यक्षतामा भएको गोष्ठीमा वोल्दै केन्द्रिय सदस्य जीवन गौतमले जनताको दैनिक जिवनमा देखिने गरिको परिवर्तन गर्न सके मात्र पुष्पलाल प्रति सम्मान हुनेमा जोड दिनुभयो । त्यस्तै केन्द्रिय सदस्य घनस्याम पान्डेले पुष्पलालले सुरु गर्नुभएको कम्युनिष्ट आन्दोलनलाई उत्पादन संग जोड्नु आबस्यक रहेको बताउनुभयो ।
गोष्ठीमा केन्द्रिय सदस्यहरु सिता सिग्देल , साजिदा सिद्धिकि, प्रदेश सचिव लक्ष्मण आचार्य , तुलसीपुर उपमहानगरपालीकाका नगर प्रमुख टिकाराम खड्का , लगाएतले वोल्नुभएको थियो । नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीको स्वागत मन्तब्य बाट सुरु भएको गोष्ठिको सहजीकरण नेकपा एमाले दाङका सचिव स्याम डाँगीले गर्नुभएको थियो ।
यसैबीच आईतबार नै पुष्पलाल वाल उद्यान्न तुलसीपुरमा रहेको पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरि प्रति भावपूर्ण श्रध्दान्जली अर्पण गरिएको छ ।
नेकपा एमाले दाङका अध्यक्ष क. शिवकुमार आचार्यको अध्यक्षता एवम् केन्द्रिय सदस्य क. घनस्याम पाण्डेको विशेष उपस्थितिमा भएको माल्यार्पण कार्यक्रममा नेकपा एमालेका प्रदेश सचिवालय सदस्य क. हुकुम बहादुर बस्नेत, प्रदेश सदस्य सिमा न्यौपाने , प्रदेश सांसद रेखा शर्मा,जिल्ला उपाध्यक्ष क. मनोहर बुढाथोकी , सचिव क.स्याम डाँगी , उपसचिव क. भुवनेश्वर पौडेल लगाएतको उपस्थिति रहेको जिल्ला सदस्य संगीत बस्यालले जानकारी दिनुभयो ।कार्यक्रममा सहभागी नेताहरुले सिध्दान्त,संगठन र संघर्षमा निरन्तर प्रतिवद्ध रहनुहुने क. पुष्पलाल हामि सबैका लागी आदर्श ब्यक्तित्व रहेकोमा बताउनुभएको थियो ।
यस्तै पुष्पलाल श्रेष्ठकै स्मृति दिवसको सन्दर्भमा युवा संघ नेपाल दाङले रक्तदान गरेको छ । अस्पतालहरुमा रगतको अभाव भएको जानकारी पाएपछि स्मृति दिवसकै अबसरमा १५ जनाले रक्तदान गरेकाे संघ दाङका अध्यक्ष विवेक योगीले बताउनुभयो ।