किवानिज इन्टरनेशनल नेपालको डिभिजन –५ को अबिधेशन भोली हुदैं




किवानिज इन्टरनेशनल नेपालको डिभिजन –५ को अधिवेशन भोली साउन १० गते दाङको तुलसीपुरमा हुदैछ ।

बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको अन्तराष्ट्रिय संस्था किवानिज अन्तराष्ट्रियको नेपाल डिभिजन ५ को अधिबेशन साउन १० गते हुन थालेको डिभिजन ५ का सचिव बंशीकुमार शर्माले जानकारी दिनु भएको छ ।

कार्यक्रममा ईन्टरनेशनल बोर्ड अफ ट्रष्टी मोहन लम्साल, डिष्ट्रीक्ट गर्भनर तिर्थ कुमार सिंह, डिष्ट्रीक्ट गभर्नर इलेक्ट कृष्णप्रसाद ज्ञवाली, भाइस गर्भनर डा. रामशरण थपलिया, डिष्ट्रीक्ट ट्रेजर शिव काफ्ले, डिभिजन ६ का ल्युटिनेन्ट गर्भनर रामहरी सुवेदी, रिजन को-अर्डिनेटर चियर भरत प्रसाद ढुङ्गेल, डिभिजन ६ का ल्युटिनेन्ट गर्भनर डेजिग्नेट विकास लम्साल, डिभिजन ५ का पूर्व ल्युटिनेन्ट गर्भनर दिपेश शाही , प्रमोद थापा लगाएतका किवानिजका लिडरहरु दाङ आइ सक्नु भएको डिभिजन ५ का गर्भनर भुपाल रावतले जानकारी दिनु भयो ।

सन् १९१५ मा अमेरिकाको मिचिकन डिट्रेट भन्ने सहरमा स्थापना भएको यो संस्थाले बालबालिकाका क्षेत्रमा परोपकारी सेवा गर्दै आएको सो अन्तर्राष्ट्रिय संस्थाले विशेष गरी नेपालमा बालबालिकाको शिक्षा, स्वास्थ्य र वातारणको क्षेत्रमा मानवीय सेवा गर्दै आएको छ ।

नेपालमा भने सन् २०१५ देखि किवानिज क्लव औपाचारिक रुपमा स्थापना भएको हो । नेपालमा पनि क्लवले विभिन्न विद्यालयमा वालवालिकाको क्षेत्रमा लक्षित विभिन्न कार्य गर्दै आएको छ ।
डिभिजन–५ अन्तर्गत दाङमा ९ , रुपन्देहिमा २ र नवलपरासी मा १ गरि हाल जम्मा १२ वटा किवानिज क्बल रहेका छन् ।

प्रकाशित मिति : २०८१ साउन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्