महिला मानवअधिकार रक्षक सञ्जाल दाङको १६ औँ साधारण सभा तथा सातौं अधिवेशन सम्पन्न भएको छ। शनिबार घोराहीमा सम्पन्न सातौं अधिवेशनले सञ्जालको नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनले अनिता पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा पद्मा चौधरी, सचिवमा सुशीला आचार्य, सहसचिवमा सरस्वती सुवेदी, कोषाध्यक्षमा हरिकला अलि मिया चयन भएका छन। त्यस्तै सदस्यमा सुशीला शाह, कल्पना चौधरी, प्रतिक्षा अधिकारी, पार्वती धिताल, कल्पना परियार, सृजना घिमिरेलाई चयन गरिएको हो ।
महिला मानव अधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष सुशीला पौडेलको अध्यक्षता एवम् सञ्जालकी संस्थापक अध्यक्ष लक्ष्मी आचार्यको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो । सो अवसरमा जिल्लाका १० वटै स्थानीय पालिकाका उपप्रमुखहरूसँग लैङ्गिक नीति कार्यान्वयनको अवस्थाका बारेमा अन्तरक्रिया समेत गरिएको थियो।
कार्यक्रममा पालिकाका उपप्रमुखहरूले लैङ्गिक नीति कार्यान्वयनलाई प्रभावकारी बनाउन आ आफ्नो क्षेत्रबाट लागि परेको बताएका थिए। संवैधानिक व्यवस्थामा लैङ्गिक नीति उल्लेख गरिए पनि त्यसको कार्यान्वयन पक्ष फितलो भएको उनीहरुको भनाइ थियो । उनीहरुले काम गर्ने क्रममा धेरै समस्या र बाधा ब्यवधान आउँने भएकाले सोचे अनुरुपका कार्यक्रम हुन नसकेको बताएका थिए । हरेक तहमा महिलाहलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआउँदा सम्म महिलाहरु नेतृत्व तहमा पुगेपनि बनेका योजना विफल हुने बताए । सो अवसरमा महिलाहरुको क्षेत्रमा काम गरेको भन्दै महिला मानवअधिकारकर्मीहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रमको सहजीकरण महिला मानव अधिकार रक्षक सञ्जाल दाङ, सहसचिव सुशीला आचार्यले गर्नुभएको थीयो।