नेकपा एमालेका महासचिव शंकर पाेखरेलले देश बलियाे बनाउनका लागि बलियाे शक्तिकाे आवश्यकता रहेकाे बताउनुभएकाे छ।
तुलसिपुर उपमहानगरपालिका वडा न .१९ काे प्रशासनिक भवनकाे आज उदघाटन गर्दै उहाँले विगतभन्दा वर्तमान धेरै उपलब्धि प्राप्त भएकाे बताउनुभयाे ।
उहाँले जनतामा निरासाकाे खेती गर्नेहरुका कारण समाजमा अराजकता बढेकाे बताउनुभयाे । एमाले महासचिव पाेखरेलले राजनीतिक स्थिरताका कारण विकासमा समस्या सिर्जना भएकाे बताउनुभयाे ।
कार्यक्रममा तुलसिपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले पालिकाका अब १९ वटै वडाले आफ्नै भवनबाट सेवा प्रारम्भ गरेकाे बताउनुभयाे । उहाँले यसै महिनामा कृषि,पशु शाखा, वडा र स्वास्थ्य संस्थाले आफ्नै भवनबाट सेवा सुरु गरेकाे बताउनुभयाे । नगरप्रमुख खड्काले वडाकाे प्रशासनिक कार्यालयसम्म आउने सडकलाई कालाेपत्रे सुरुवात गरिने बताउनुभयाे ।
साे अवसरमा निवर्तमान मेयर घनश्याम पाण्डेले आफ्नाे कार्यकालमा सम्पन्न नभएका कार्यलाई निरन्तरता दिनुपर्ने भन्दै जनताका आवश्यक्तालाई मध्यनजर गर्दै भाैतिक र मानविय विकासका कार्यलाई तदरुक्ता साथ अगाडि बढाउन लाग्नुपर्ने बताउनुभयो ।
तुलसिपुर उपमहानगरपालिकाकाे वडा न १९ ताेप्पापानीमा २०७४ सालमै भवन शिलन्यास भएपनि निर्माण कार्य अधुराे रहेकाे थियाे ।
वडाध्यक्ष प्रेमनाथ याेगीले घाेराही आँखा अस्पताल र बिजाैरी छिल्लीकाेट सडकखण्डकै नजिकमा सबै वडावासीकाे मध्यबिन्दुमा वडा कार्यालय भवन निर्माण गरिएकाे बताउनुभयाे ।
तुलसिपुर उपमहानगरपालिक वडा न १९ का वडाध्यक्ष प्रेमनाथ याेगीकाे अध्यक्षता एवम महासचिव शंकर पाेखरेलकाे प्रमुख आतिथ्यतामा भवन उदघाटन गरिएकाे हाे ।