सातबासमा खुला भलिबल प्रतियोगिता सुरु




लक्ष्मण बस्नेत

दाङ तुलसिपुरको सातबासमा खुला भलिबल प्रतियोगिता २०८१ आज देखिसुरु भएको छ ।

नवज्योती सास्कृतिक युवा क्लब तुलसिपुर ३ ले आफ्नो २२ औ वार्षिकोत्सबको अवसरमा आयोजना गरेको प्रतियोगिताको उद्घाटन दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेतले गर्नु भएको हो ।

उद्घाट्न समारोह लाई सम्बोधन गर्दै महासचिव बस्नेतले मानव स्वास्थ्यको मुख्य मेरुदण्ड खेलकुद क्षेत्र आम नागरिकको चासो र चिन्तन भित्र पर्नु पर्ने बताउनु भएको छ ।

खेलकुद लाई राज्यका तिन तहका सरकारले हेर्ने र बुझ्ने दृष्टिकोण फितलो भएपनि आम खेलप्रेमि नागरिकको खबरदारी,चासो र चिन्तनले सिङ्गो खेलक्षेत्रलाई माथी उठाउन सकिन्छ उहाँले भन्नूभयो । साथै उहाँ ले खेलकुदमा भविष्य खोजेका खेलाडिले अनुशानको उच्च आदर्श लाई आत्मसात गर्नु पर्ने सुझाव दिनुभयो ।
क्लबका अध्यक्ष धनराज रोकाको अध्यक्षतामा भएको कार्यक्रममा खोखो संघ दाङका सचिव तथा फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु एरि लगातकाले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको संचालन धनराज थापा ले गर्नु भएको थियो ।

यसैबिच प्रतियोगिताको आज सम्पन्न खेलमा रोयल ग्याङ भलिबल टिम तुलसिपुरले बिजयी सुरुवात गरेको छ ।

उद्घाटन खेलमा आयोजक नवज्योती सास्कृतिक युवा क्लब तुलसिपुर ३ लाई २५-२३ र २५-१६ अर्थात २-० को सोझो सेटमा पराजित गर्दै रोयल ज्याङ ले बिजयी सुरुवात गरेको हो । तीन दिन सम्म संचालित प्रतियोगिताको बिजेता,उपबिजिता र तृतीय स्थान हात पार्ने टिम लाई क्रमशः १५,१० र ५ हजार नगद प्रदान गरिनेछ । प्रतियोगितामा दाङ र सल्यान जिल्लाका १३ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष धनराज रोकाले जानकारी दिनुभएको छ ।
यसैबीच आयोजकले यहि कार्तिक २७ गते हुने आफ्नो २२ औ वार्षिकोत्सब तथा हरिबोधनी एकादशि मेलामा उपस्थितिका लागि सबैमा आह्वान गरेकोछ ।

प्रकाशित मिति : २०८१ कार्तिक २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्