लायन्स क्लब अफ दाङ क्यापिटलले रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे छ ।
रेडक्रस तुलसिपुर शाखामा रगतकाे अभाव हुन नदिन आज रक्तदान कार्यक्रमकाे आयोजना गरेको हाे । साे अवसरमा १९ जनाले रक्तदान गरेका थिए ।
क्लबका अध्यक्ष भिम प्रकाश ओलिकाे अध्यक्षता तथा राप्ती अञ्चल सार्वजनिक यातायात ब्यवसायि समितिका अध्यक्ष सुरेश हमालकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।
प्रमुख अतिथि हमालले समाज सेवामा यस्ता कार्यक्रमले ठुलो योगदान पुर्याउने बताउनुभयो । रक्तदान जीवन बचाउने महान कार्य भएको भन्दै यस्ता कार्यमा युवाहरु जहिले अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले रक्तदाता र कार्यक्रम सफल बनाउन योगदान दिने सबैलाई धन्यवाद दिनुभयो ।
रक्तदान कार्यक्रममा स्थानीय समुदाय, विभिन्न संघ–संस्था, र क्लबका सदस्यहरूको सहभागिता रहेकाे थियोे ।कार्यक्रमको सहजिकरण क्लवका सचिव प्रकाश भुसालले गर्नुभएको थियो। यी यस्ता कार्यक्रमले रगत अभाव पूर्तिमा महत्त्वपूर्ण योगदान पुर्याउने देखिएकाे छ।