महिलाहरुले संचालन गरेकाे सहकारीले सामाजिक रुपमा उच्च छवि बनाएकाे एक कार्यक्रममा बाेल्ने बक्ताहरुले बताएका छन् ।
महिलाहरु मात्र सिमित रहेर ” एकका लागि सबै , सबैका लागि एक ” भन्ने मुल नाराका साथ महिलाहरुकाे समुहले सहकारी आन्दाेलनलाइ सफल बनाउन महत्त्वपूर्ण याेगदान रहेकाे भन्दै प्रशंसा गरेका थिए । पशुपति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुरको १७ औं साधारणसभामा बाेल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।
उनिहरुले सहकारी मार्फत निम्न आए भएका वर्ग तथा समान वर्गका कृषक, हरेक वर्गहरुकाे समावेशी सहभागीता बाट बेरोजगारी समस्या लाई समाधान गर्न, स सानाे पुंजीलाइ एकत्रित बनाइ महिलाहरुलाइ आएआर्जनमुखि बनाउन सहयाेग गरेकाे बताए । सहकारीले महिलाहरुलाई शसक्त,जागृत बनाउदै अगाडि बढाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएको बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका वडा न ५ का वडा अध्यक्ष बिरेन्द्र कुमार शाहले सहकारीहरु धरासयी बन्दै गएको भन्ने भनाईलाई चूनौति दिँदै महिलाहरुले सञ्चालन गरेको यस सहकारी संस्थाहरुले राम्रो काम गर्दै आएको भन्दै प्रसंसा गर्नु भयाे । जिल्लामा महिलाहरुले नेतृत्व गरेको सहकारीहरु स्वच्छ र पारदर्सी तरिकारले संचालन भैरहेकोले यश सहकारी लाई नमुना सहकारीकाे रुपमा चिनाउन आफनाे तर्फबाट सहयाेग गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा सस्थापक अध्यक्ष एब सल्लाहकार प्रभा खडका,महिला अधिकारकर्मी सुस्मा गिरी,तुलसीपुर ५ का पुर्ब वडा सदस्य सावित्री गुरुङ,कमला जिसि,लिला पुन,रुपकली कंडेल लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
सभामा संस्थाले तीन जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । त्यस्तै सेयर सदस्य वृद्धि गर्ने ५ जना महिला,बालबचत कर्ता मार्फत ४ जना बालबालिकालाई जिपिए अनुसार सम्मान गरिएको छ । त्यस्तै संस्थाले स्थापनाकाल देखि हाल सम्म संस्थालाई निरन्तर सल्लाह सुझाब र सहयोग गर्दै आएका ७ जना महिलाहरुलाई सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष यमुना शाहको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा न ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहको प्रमुख आतिथ्यता एब जिल्ला सहकारी संघ दाङ अध्यक्ष हेमराज गौतमको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाका उपाध्यक्ष लक्ष्मी वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब सुशिला भटटाईले गर्नु भएको थियाे ।
कार्यक्रममा सस्थाका काेषाध्यक्ष रेश्मी वलीले आर्थिक प्रतिबेदन, सचिब सुशिला भटटाईले सांगठनिक प्रतिबेदन प्रस्तुत गर्नुभएकाे थियाे । यस्तेै लेखा समितिका संयोजक पुस्पा सुबेदीले लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियाे । हाल संस्थामा ७ सय बढी महिला शेयर सदस्य छन । सस्थाले २०८०/०८१ मा ६ सय ५९ शेयर सदस्य पुर्याउन सफल भएको छ ।