शान्तिनगर गाउँपालिका अन्तर वडा स्तरीय भलिबल प्रतियोगिता आज देखि शान्तिनगर ५ रगैजामा सुरु भएको छ । रास्ट्रीय युबा संघ शान्तिनगरको आयोजनामा भएको दुई दिने वडा स्तरिय भलिबल प्रतियाेगिताकाे नेकपा एमाले केन्द्रिय सदस्य कोमल वलीले उद्घाटन गर्नु भएको हाे ।
कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि वलीले शान्तिनगरका युवाहरु हरेक कार्यमा सक्रिय रहेकाे भन्दै खेलकुदमा पनि यहाँका युवाहरु नाम अग्रपंक्तिमा आउनुपर्ने बताउनुभयो । युवाहरु हरेक ठाउँमा ,काममा तदारुकताका साथ लाग्नुपर्ने भन्दै याे देश, राष्ट्रका निमिक्त हरेक क्षेत्रमा रहेर याेगदान दिनुपर्ने बताउनुभयो । पश्चिम क्षेत्रका युवाहरु खेलकुदमा पनि सक्रिय छन् भनेेर छुट्टै खालकाे परिचय दिन जरुरी रहेको बताउनुभयो ।प्रतियोगितामा सहभागी दसवटै टिमलाई विजयका लागि शुभकामना दिदै यस्तो भव्य कार्यक्रम आयोजना गरेकोमा युवासंघ नेपाल शान्तिनगरका युवाहरुलाई धन्यवाद दिनुभयाे ।
रास्ट्रीय युबा संघ शान्तिनगरका अध्यक्ष पुर्ण बिबस कुसारीकाे अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रास्ट्रीय युबा संघ दाङका अध्यक्ष बिबेक योगि, केन्द्रिय कमिटी सदस्य पुर्णिमा बुढाथोकी, एमाले शान्तिनगरका अध्यक्ष टिकाराम रिजाल, सचिव राकेश बुढाथोकी , वडा अध्यक्ष शेर बहादुर भन्डारी, युबा संघ दंगिशरणका उपाध्यक्ष जेनिस कवंर लगाएत खेलाडीहरुकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रमको सहजीकरण मनबिर रिजालले गर्नु भएको थियो । खेल भाेली सम्म चल्नेछ ।