नेपाल पत्रकार महासङ्घ दाङ शाखाको नयाँ नेतृत्व सर्वसम्मत चयन



नेपाल पत्रकार महासङ्घ दाङ शाखाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । सन्तोष सुवेदीको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

शाखा उपाध्यक्षमा ओपेन्द्र बस्नेत, महिला उपाध्यक्षमा नारायणी रजौरे, सचिवमा जे.एन. सागर,  सहसचिवमा प्रकाश चौधरी, समावेशी सहसचिवमा बसन्त परियार कोषाध्यक्षमा अमरराज भण्डारीलाई सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा कृष्णप्रसाद न्यौपाने, छवि पुरी, जंग बहादुर रेउले, टेक बहादुर पुन, नारायण प्रसाद नेपाल, रमा नेपाली, सरीता चौधरी, सुमन केसी, सुरक्षा चौधरी र हेमराज नेपाली रहेका छन् ।

यसैगरी केन्द्रिय परिषद सदस्यमा दिप्तीशीखा चौधरी, सुलोचना गौतम, शरद अधिकारी र सुशील कुमार बस्नेत चयन हुनुभएको छ । प्रदेश परिषद सदस्यमा अमरराज आचार्य, उदय विसी, उमा भण्डारी, कुलदीप न्यौपाने, गिरीराज नेपाली, चन्द्र प्रकाश नेपाली, दशरथ घिमिरे, निमुसंगम घर्ति, यमकला भुसाल, शिवराज पन्थी चयन हुनुभएको छ ।

निर्वाचन कार्यतालिका अनुसार आज एकल उमेदवारी परेपछि नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्