तुलसीपुर खानेपानीकाे १२ औँ अधिवेशन, दिर्घकालिन समाधानमा जाेड



 

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिकाे
२० औँ कार्यपरिषद बैठक साधारणसभा तथा १२ औँ अधिवेशन आज तुलसीपुरमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष यमकान्त भण्डारीको अध्यक्षता तथा सहलगानी योजना प्रमुख नारायण प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा साधारण सभा तथा अधिवेशनको उद्घाटन कार्यक्रम भएको हो ।

साे अवसरमा प्रमुख अतिथि आचार्यले सस्थाले राज्यकाे सेवा अनुशार ७० प्रतिशतकाे हाराहारीमा खानेपानी पुर्याइरहेकाे बताउनुभयो । वस्तुसेवा, गुणस्तरीयता , प्रााप्त मात्रामा राज्यकाे सिमित स्रोतका बिचमा रहेर खानेपानी पुर्याउने काम भएको बताउनुभयो । न्युनतम रुपमा मात्र वजेट विनियोजन हुने गरेकाेले अवका दिनमा उपभोक्ता र स्थानिय सरकार , खानेपानी उपभोक्ता महासंघ लगाएत संघसंस्थाले त्यहि किसिमकाे लबिङ गरेर वजेट विनियोजन गर्न सकिने बताउनुभयाे । राज्यले ऐन २०७९ ल्याएकाे छ त्यहि अनुशार थाइ संरचना राखेर राज्यले लिएको लक्ष्य अनुशार अगाडि बढ्न सकिने कुरामा जाेड दिनुभयो । अब नागरिकले न्युनतम महशुल तिर्न सक्ने गरि निति कायम गर्ने र गुणस्तरीय पानी पुर्याउन सक्ने गरि माैलिक हक २०७५ लागु हुने बताउनुभयो । उहाँले श्रोतको संरक्षण र नँया श्रोतको खोजी गर्न पनि उपभोक्ता समितिलाइ सुझाव दिनुभयाे ।

सघिय खानेपानी ढल आयाेजना बाँकेका प्रमुख अतुलेस कर्णले उपभोक्ता धेरै भएकोले स्रोत थपेर खानेपानीको ब्यवस्थापन गर्न सकिने बताउनुभयो । प्रत्येक वर्ष खानेपानीका लागि बजेट घट्दै जानु एक घर एक धारा भनेर याेजना ल्याउने तर बजेट कम हुने भएकोले यसलाई सन्तुलनमा ल्याउन राज्य र उपभोक्ता दुवै गम्भीर हुनुपर्ने बताउनुभयो ।

सस्थाका निवर्तमान अध्यक्ष सल्लाहकार खेमराज वलीले खानेपानीको ब्यवस्थापन राम्रो गर्न ड्याम निर्माण गरि पानीको स्रोतलाई जाेगाउने गरि याेजना बनाउनुपर्ने बताउनुभयो । राजनितिक हस्तक्षेपकै कारण खानेपानीका सन्दर्भमा बन्ने अशल कानुनलाइ कार्यान्वयनमा ल्याउन समस्या भएको बताउनुभयो ।

साे अवसरमा अमृतपुर खानेपानी सस्थाका उपाध्यक्ष बद्री कार्कि , नारायणपुर खानेपानि उपभोक्ता समितिका अध्यक्ष श्रवन कुमार रजाैरे, बेलझुण्डि खानेपानी सस्थाका अध्यक्ष प्रदिप गाैतम, घाेराहि खानेपानीका अध्यक्ष देविबहादुर डिसि, तुलसीपुर चेम्बर अफ कमर्सका बरिस्ठ उपाध्यक्ष सन्ताेष कुमार खड्का, खानेपानी तथा सरसफाइ डिभिजन घाेराहिका प्रमुख तिलक न्याेपाने, तुलसीपुर वडा न ६ का वडा अध्यक्ष दुजमान भण्डारी , केशरमान केसि, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका सल्लाहकार शुरेस हमाल लगाएतले ११ हजार उपभोक्ताकाे भावना समेट्ने गरि अगाडि बढ्नुपर्ने बताउनुभयो । सस्थामा कुरा हाेइन काम गर्ने मान्छे चाहिने भन्दै दलकाे नेता भन्दा पनि उपभोक्ताकाे मन जित्ने नेतृत्व ल्याउनुपर्ने कुरामा जाेड दिनुभयो ।

मानवअधिकारकर्मी सुशील बस्नेत, सस्थाका पुर्व अध्यक्ष टाेप बहादुर शाह , सल्लाहकार जनक प्रशाद खराल , तुलसीपुर १२ का वडा अध्यक्ष खुसिराम चाैधरी, वडा न ७ का वडा अध्यक्ष राम ब जिसि, वडा न ५ का वडा अध्यक्ष विरेन्द्र कुमार शाह, नेकपा क्राान्तिकाारीका शेसुराम बुढाथोकी , नेपाल कम्युनिस्ट पार्टी तिलक याेगि, राष्ट्रिय जनमाेर्चाका सचिव उत्तम भण्डारी ,समाजबादिका दामोदर लामिछाने , राष्ट्रिय प्रजातन्न्त्र पार्टीका श्रिमणि न्याैपाने, माओबादि नगर अध्यक्ष माेहन थापा लगाएतले खानेपानीको दिर्घकालिन समाधानका लागि मुहानको संरक्षण संगै सहलगानी आयोजनाको काम समयमै सम्पन्न हुनुपर्ने बताएका थिए ।

संस्थाका उपाध्यक्ष सीताराम शर्माको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव सेवकराम भण्डारीले गर्नुभएको हो ।

 

 

 

प्रकाशित मिति : २०८१ पुष २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस्